logo

रेडियो बीरगंजको बार्षिकोत्सव, २१ महिला सहित २६१ जना द्वारा रक्तदान

      12/5/2020 गते 00 00 मा प्रकाशित     1492   पटक पढिएको

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १८ औं बर्ष पारगरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

 

रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित  २ सय ६१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, , नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलका प्रतिनिधि रमेश सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, दिलिप राज कार्की, राजन श्रीवास्तव, लालबाबु सिंह, जसपाका युवा नेता ईश्वर यादव, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव,  ओम प्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागि हुन वाराबाट नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा उल्लेख्य संख्यामा मोटरसाईकल ¥याली सहित  युवाहरुको टोली रेडियो वीरगंजमा आएको थियो । रक्तदान कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल  रक्तदान गर्ने युवाहरुलाई लिएर वीरगंज आई पुग्नु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ्ग बीरगंजकी संचालिका सुधा थापा कार्कीले छोरी र छोरा सहित रक्तदान गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको सुजित पटेल, संदिप कुशवाहा, सुनिल कुमार साह, धिरेन्द्र झा, शेखर गुप्ता सहित एभरग्रिन इन्स्च्युट र प्रभु अस्पतालका नर्स तथा अहेवले प्राविधिक सहयोग पुर्याएका थिए ।

रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल विहार रेडियो श्रोता संघको  उल्लेख्य सहभागिता रहेको थियो ।

यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले  आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

साहले रेडियो वीरगंजको १८ औ बार्षिक उत्सवको अवसर पारेर टिभी बीरगंजको आगामी मंसिर २६ गते देखि नियमित प्रशारण शुरु हुने घोषणा गर्नु भयो । सोही दिन रेडियो बीरगंजको दोश्रो प्रस्तुति रेडियो पोखरीया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण शुरु हुने घोषणा गर्नु भयो । यसैगरी रेडियो वीरगंजकै भातृ संस्थाको रुपमा म्युजिकल एफएम १००.३ मेगाहर्जको परिक्षण प्रशारण पनि यसै बर्ष शुरु गरिने घोषणा गर्नुभयो ।

बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ ।  रक्तदान कार्यक्रमको रेडियो वीरगंज र टिभी वीरगंजको साथ रेडियो पोखरीयाले प्रत्यक्ष प्रशारण गरेका थिए ।


रक्तदान कार्यक्रमलाई वीरगंज महानगरपािलकाले एफएम परिसर आसपास वृहत सरसफाई गरी सहयोग पुर्याएको थियो भने विना एग्रो इन्टरप्राईजेज, आयसर ट्याक्टर, एलएस न्युरो हस्पिटल, निरज इन्टरप्राईजेज, मंगलम डाईग्नोस्टिक सेन्टर, संजिविनी डाईग्नोस्टिक, साना फलफुल व्यवसायि संघ, एडिपिएल बदाम जुस, सुपर सेक्युरिटी सर्भिस, जगदीश टेन्ट हाउस लगायतले सहयोग गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.