logo

घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा  महिला बढी पीडित

      12/5/2020 गते 00 00 मा प्रकाशित     920   पटक पढिएको

देशभरि अहिले लैङिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । लैङिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० देखि २५ गतेसम्म यो अभियान जारी रहनेछ । 

 


प्रत्येक वर्ष यसैगरी यो अभियान बिभिन्न संघ संस्था तथा सम्बन्धित निकायहरुको सहभागीतामा मनाउने गरिन्छ । 
१६ दिने अभियान मानाउनुको  उद्देश्य भने लैङिक हिंसा न्यूनीकरण गर्नु नै हो । जसका लागि १६ दिनसम्म महिला हिंसाबारे सबैले चर्चा मात्रै गर्दैनन रोकथामका लागि प्रतिबद्धता समेत जनाउने गर्छन ।

 


तर १६ दिने अभियानका क्रममा निकै चासो र चर्चाको बिषय बनेर छलफल हुने भएपनि त्यस पछि खासै बहस हुदैन । १६ दिने अभियान सकिएपछि   महिला हिंसा वा लैङिक हिंसा बिरुद्ध  वकालत गर्ने संघसंस्थाहरु आफनो नियमित काममा फर्किन्छन । अभियान अभियानकालागि मात्र संचालन गरिए जस्तो हुन्छ ।१६ दिन पश्चात मात्रै होइन यो अभियान जारी रहँदा समेत लैङिक हिंसा हुने गरेको पाइएको छ । 


उदाहरण–१
मंसिर १० गतेदेखि देशभरि लैङिगक हिंसा अभियान जारी छ । तर ठयाक्कै २० दिन अगाडि रौतहटमा अमृता साहको हत्या भयो । जसको खुलासा करिब २० दिन पछाडि प्रहरीले गरेको पत्रकारसम्मेलनबाट भयो । अर्थात कार्तिक २६ गते आफ्नै छोरीको हत्यामा संलग्न रहेको अभियोगमा बाबुआमासहित सात जना पक्राउ परे अनि त्यो घटनाको पर्दाफास भयो । 


उदाहरण–२
यसैगरी आज भन्दा ठीक एक महिना अगाडि संघीय राजधानीमै एउटी यूवती बलात्कृत भइन । रत्नापार्कबाट लगेर केही यूवाहरुले उनलाई सामूहिक बलात्कार गरे । यो घटना २०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा भएको थियो । जसको शिकार १७ वर्षीया किशोरी भएकी थिइन । 

 

उदाहरण–३
४  र ६ वर्षिया बालिका बलात्कृत भए । पर्साको पकाह मैनपुरमा छठको दिनमा र सखुवा प्रसौनीमा मंसीर ३ मा दुई जना नावाल बलात्कृत भएका हुन । दुबै घटनाका प्रतिवादी पक्राउ परे पछि यो घटना सार्वजनीक भएको हो । अभियान चलिरहेकै अवधी मंसीर १२ मा सर्लाहीको हरिपुरमा आफनै पिताले छोरीलाई बलात्कार गरेको घटना सार्वजनीक भयो । आमाले पति बिरुद्ध १३ गते प्रहरीमा उजुरी दिएपछि बलात्कारी प्रहरीद्वारा समातीए यी दुई घटना त उदारहण मात्रै हुन । 


पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन । आर्थिक वर्ष २०७३÷०७४ यताको पाँच वर्षमा देशभर बलात्कारका ७ हजार ७ सय २ वटा घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । यो आँकडा अनुसार, सरदर दैनिक चार महिला बलात्कृत हुने गरेका छन ।


नेपाल प्रहरीसँग भएको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कार मात्रै नभएर महिला हिंसा नै बढ्दो क्रममा रहेको देखिन्छ । तथ्यांक अनुसार घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा  महिला बढी पीडित भएको देखिन्छ ।  


प्रहरीका पूर्व सुरक्षाविदहरुले यो नैतिक मूल्य र सामाजिक मान्यता खस्किंदै गएका कारण अपराधको पारो चढिरहेको बताउँछन । पूर्व डिआइजी हेमन्त मल्लका अनुसार यस्ता घटनाहरुले समाजको चित्र समेत चित्रण गरिरहेको बताउछन् । जुन एकदम भयानक विषय हो,उनले भने । त्यही भएर यसतर्फ सबैको सकारात्मक पहलको आवश्यकता रहेको उनको तर्क छ । 


समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको संख्या उच्च देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्ममा ७७०२ बलात्कार र २९३१ जबरजस्ती करणी उद्योग बलात्कार प्रयासका घटना भएका छन् भने घरेलु हिंसाबाट ५३ हजार ६२२ महिला पीडित भएका छन ।


यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि संख्या थपिएको प्रहरी अधिकारीको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/०७८ सम्म घरेलु हिंसाका घटनामा सरदर दैनिक २९ जना महिला न्यायको लागि प्रहरीकहाँ पुग्ने गरेको देखिन्छ । 


घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाको रूपमा परिभाषित गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.