logo

घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा  महिला बढी पीडित

      12/5/2020 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

देशभरि अहिले लैङिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । लैङिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० देखि २५ गतेसम्म यो अभियान जारी रहनेछ । 

 


प्रत्येक वर्ष यसैगरी यो अभियान बिभिन्न संघ संस्था तथा सम्बन्धित निकायहरुको सहभागीतामा मनाउने गरिन्छ । 
१६ दिने अभियान मानाउनुको  उद्देश्य भने लैङिक हिंसा न्यूनीकरण गर्नु नै हो । जसका लागि १६ दिनसम्म महिला हिंसाबारे सबैले चर्चा मात्रै गर्दैनन रोकथामका लागि प्रतिबद्धता समेत जनाउने गर्छन ।

 


तर १६ दिने अभियानका क्रममा निकै चासो र चर्चाको बिषय बनेर छलफल हुने भएपनि त्यस पछि खासै बहस हुदैन । १६ दिने अभियान सकिएपछि   महिला हिंसा वा लैङिक हिंसा बिरुद्ध  वकालत गर्ने संघसंस्थाहरु आफनो नियमित काममा फर्किन्छन । अभियान अभियानकालागि मात्र संचालन गरिए जस्तो हुन्छ ।१६ दिन पश्चात मात्रै होइन यो अभियान जारी रहँदा समेत लैङिक हिंसा हुने गरेको पाइएको छ । 


उदाहरण–१
मंसिर १० गतेदेखि देशभरि लैङिगक हिंसा अभियान जारी छ । तर ठयाक्कै २० दिन अगाडि रौतहटमा अमृता साहको हत्या भयो । जसको खुलासा करिब २० दिन पछाडि प्रहरीले गरेको पत्रकारसम्मेलनबाट भयो । अर्थात कार्तिक २६ गते आफ्नै छोरीको हत्यामा संलग्न रहेको अभियोगमा बाबुआमासहित सात जना पक्राउ परे अनि त्यो घटनाको पर्दाफास भयो । 


उदाहरण–२
यसैगरी आज भन्दा ठीक एक महिना अगाडि संघीय राजधानीमै एउटी यूवती बलात्कृत भइन । रत्नापार्कबाट लगेर केही यूवाहरुले उनलाई सामूहिक बलात्कार गरे । यो घटना २०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा भएको थियो । जसको शिकार १७ वर्षीया किशोरी भएकी थिइन । 

 

उदाहरण–३
४  र ६ वर्षिया बालिका बलात्कृत भए । पर्साको पकाह मैनपुरमा छठको दिनमा र सखुवा प्रसौनीमा मंसीर ३ मा दुई जना नावाल बलात्कृत भएका हुन । दुबै घटनाका प्रतिवादी पक्राउ परे पछि यो घटना सार्वजनीक भएको हो । अभियान चलिरहेकै अवधी मंसीर १२ मा सर्लाहीको हरिपुरमा आफनै पिताले छोरीलाई बलात्कार गरेको घटना सार्वजनीक भयो । आमाले पति बिरुद्ध १३ गते प्रहरीमा उजुरी दिएपछि बलात्कारी प्रहरीद्वारा समातीए यी दुई घटना त उदारहण मात्रै हुन । 


पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन । आर्थिक वर्ष २०७३÷०७४ यताको पाँच वर्षमा देशभर बलात्कारका ७ हजार ७ सय २ वटा घटना भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । यो आँकडा अनुसार, सरदर दैनिक चार महिला बलात्कृत हुने गरेका छन ।


नेपाल प्रहरीसँग भएको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कार मात्रै नभएर महिला हिंसा नै बढ्दो क्रममा रहेको देखिन्छ । तथ्यांक अनुसार घरेलु हिंसापछि बलात्कार र जबरजस्ती करणी उद्योगमा  महिला बढी पीडित भएको देखिन्छ ।  


प्रहरीका पूर्व सुरक्षाविदहरुले यो नैतिक मूल्य र सामाजिक मान्यता खस्किंदै गएका कारण अपराधको पारो चढिरहेको बताउँछन । पूर्व डिआइजी हेमन्त मल्लका अनुसार यस्ता घटनाहरुले समाजको चित्र समेत चित्रण गरिरहेको बताउछन् । जुन एकदम भयानक विषय हो,उनले भने । त्यही भएर यसतर्फ सबैको सकारात्मक पहलको आवश्यकता रहेको उनको तर्क छ । 


समाजमा महिला हिंसामा पनि घरेलु हिंसाका घटनाको संख्या उच्च देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्ममा ७७०२ बलात्कार र २९३१ जबरजस्ती करणी उद्योग बलात्कार प्रयासका घटना भएका छन् भने घरेलु हिंसाबाट ५३ हजार ६२२ महिला पीडित भएका छन ।


यसरी घटना बढ्नुमा एक त समाजमा अपराधकै दर बढेको र त्यससँगै प्रहरीमा उजुरी दिने प्रचलन बढ्नुले पनि संख्या थपिएको प्रहरी अधिकारीको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/०७८ सम्म घरेलु हिंसाका घटनामा सरदर दैनिक २९ जना महिला न्यायको लागि प्रहरीकहाँ पुग्ने गरेको देखिन्छ । 


घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाको रूपमा परिभाषित गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.