logo

बढनीहारमा निशुल्क नेत्र शिविर एक सय चालीसमा मोतिबिन्दुको समस्या

      12/2/2020 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

पर्सागढी नगरपालिकाको वडा नं ३ आमोदेवी जनता क्याम्पसमा माट्रिका आइ फाउण्डेशनको आयोजनामा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

 

शिविरको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले उद्धघाटन गर्नु भएको थियो । महानगर प्रमुख सरावगीले पाँच हजार नागरिकको निशुलक नेत्र परिक्षण गरेर मोतिबिन्दु देखिएकाहरुको अप्रेशन समेत गरिने काम बिशुद्ध समाजसेवाको काम भएको बताउनु भयो ।

 

उहाँले समाज सेवाको काममा फाउण्डेशनले गरेको कामको प्रसंशा गर्दै आवश्यक परेको ठाउमा संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग पुर्याउन आफू तयार रहेको बताउनु भयो । 

 

शिविरमा आँखा रोगीहरूको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामी सहितकाप्राविधिकहरुले नेत्र परिक्षण गरेका थिए । शिविरमा  २५० जनाको आँखा परीक्षण गरेको र तीमध्ये १४० जना मोतीबिन्दु फेला परेको धामील े बताउनु भयो।

 


शिविरमा सहभागी प्रभु अस्पताल वीरगंजकी मुटुरोग विशेषज्ञ डा राधा भट्टराई अर्यालले १ सय ७० जना रोगीको स्वास्थ्य परीक्ष्ँण गर्नु भएको थियो।


शिविरमा पूर्वमन्त्री मोहनलाल चौधरी, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, वडासदस्य शेख फैयाज, क्याम्पसका अध्यक्ष्ँ बालकृष्ण श्रेष्ठ, पर्सा युवा क्लबका अध्यक्ष्ँ शेख समशाद, पन्नालाल पटेललगायतको सहभागिता थियो। शिविरमा जसपाका नगर संयोजक शेख खुर्शीद, विष्णुनारायण गैरेलगायतले सहयोग पु–याएका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.