logo

आफनो नाम जोडेर गलत समाचार सम्प्रेष्ण गरिएको यादवको भनाई

      12/2/2020 गते 00 00 मा प्रकाशित     1773   पटक पढिएको

छिपहरमाई गाउँपालिकाको मिर्जापुर निवासी श्याम यादवले आफनो नाम छोडेर केही संचार माध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै दुःख ब्यक्त गर्नु भएको छ । 

 


उहाँले नापी शाखाका अमिन अरुण चौधरीलाई घुस रकम दिएको भन्दै देखाइएको समाचार सत्य नभएको बताउनु भएको छ । मेरो हवाला दिएर समाचार बजाइएको छ उहाँले भन्नु भयो “तर म संग कसैले केही सोधेको पनि छैन मैले कसैलाई केही बताएको पनि छैन ” । समाचारमा मैले पैसा झिकेर अरुण चौधरीलाई दिएको भिडिया देखाइएको छ यो कुरा सत्या हो । तर त्यो पैसा घुस दिएको होइन । 

 

अरुण चौधरीको घरको बिजुलीको बिल तिरेर फिर्ता आएको रकम उहाँलाई दिएको हो । यही दृश्यलाई खिचेर श्याम यादवले घुस दिएको भन्दै प्रशारित समाचार सत्य नभएको प्रष्ट पार्दछु ।


यादवले चौधरीसंग आफनो सम्बन्ध पहिला देखी नै रहेको बताउनु भयो । नापीमा मेरो पनि जमिन सम्बन्धी मुद्धा छ यादवले भन्नु भयो “त्यही क्रममा चीनजान भएको हो त्यो चीनजानका आधारमा सम्बन्ध पनि राम्रो भएकोले बिजुलीको बिल तिर्न गएको हो ” ।

 

यादवले आफूले घुस नदिएको कोही पत्रकारलाई घुस दिएको कुरा नभनेको पनि प्रष्ट पार्दै उहाले  आफनो हवाला दिएर समाचार आउनुमा गम्भिर षडयन्त्र रहेको आशंका गर्नु भयो । उहाँले आफू सहित राष्ट्रसेवक कर्मचारीको बदनाम गर्ने काममा संचारमाध्यमको प्रयोग भएकोमा चित्त दुःखाउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.