logo

देकुलीमा निशुल्क नेत्र शिविर, मोतिबिन्दुको निशुल्क अप्रेशन हुने

      11/28/2020 गते 00 00 मा प्रकाशित     949   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा शनिवार निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

 

गाउँपालिकाको आयोजना तथा माट्रिका आइ फाउण्डेशनको प्राविधिक सहयोगमा सम्पन्न भएको निशुल्क नेत्र शिविरमा वडा नं ३ का देकुली, महेन्द्रपुर सोनवर्षाका स्थानीयले नेत्र परिक्षण गराएका थिए । माट्रिका आइ फाउण्डेशनका नेत्र प्राविधिक रुवी महतोले नेत्र परिक्षण गर्नु भएको थियो ।

 

परिक्षण गरिएका मध्य ३२ जनामा मोतिबिन्दुको समस्या देखिएको वडाध्यक्ष माधव राउतले जानकारी दिनु भयो । मोतिविन्दुको समस्या देखिएकाहरुको माट्रिका आइ फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने फाउण्डेशन बीरगंजका संयोजक महेश सिंह धामीले जानकारी दिनु भयो । 
शिविरको गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले शुभारम्भ गर्नु भएको थियो ।

उहाँले गाउँपालिकामा मोतिबिन्दुका समस्या रहेका सबै नागरिकलाई यो सेवा उपलब्ध  गराउनकालागि पालिकाको तर्फबाट गर्नु पर्ने सबै काम गरिने जानकारी दिनु भयो ।

 

उहाँले नेत्र परिक्षणमा कोही नछुटने गरि शिविरहरुको आयोजना र त्यसको ब्यवस्थापनमा फाउण्डेशनलाई आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

 

नागरिकलाई सबै हिसावले सक्षम बनाउने कुरामा पालिकाको ध्यान गएको उहाँले बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य सेवालाई गुणात्मक बनाउनकालागि पालिकाले प्रथामिकतामा राखेको जानकारी दिदै नागरिकको तर्फबाट पनि सेवाको गुणस्तरीयताको बिषयमा खवरदारी आवश्यक रहेको बताउनु भयो ।

 

 शिविरमा वडाध्यक्ष माधव राउत , नेकपाका नेता बीरेन्द्र चौधरी लगायत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.