logo

देकुलीमा निशुल्क नेत्र शिविर, मोतिबिन्दुको निशुल्क अप्रेशन हुने

      11/28/2020 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा शनिवार निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

 

गाउँपालिकाको आयोजना तथा माट्रिका आइ फाउण्डेशनको प्राविधिक सहयोगमा सम्पन्न भएको निशुल्क नेत्र शिविरमा वडा नं ३ का देकुली, महेन्द्रपुर सोनवर्षाका स्थानीयले नेत्र परिक्षण गराएका थिए । माट्रिका आइ फाउण्डेशनका नेत्र प्राविधिक रुवी महतोले नेत्र परिक्षण गर्नु भएको थियो ।

 

परिक्षण गरिएका मध्य ३२ जनामा मोतिबिन्दुको समस्या देखिएको वडाध्यक्ष माधव राउतले जानकारी दिनु भयो । मोतिविन्दुको समस्या देखिएकाहरुको माट्रिका आइ फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने फाउण्डेशन बीरगंजका संयोजक महेश सिंह धामीले जानकारी दिनु भयो । 
शिविरको गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले शुभारम्भ गर्नु भएको थियो ।

उहाँले गाउँपालिकामा मोतिबिन्दुका समस्या रहेका सबै नागरिकलाई यो सेवा उपलब्ध  गराउनकालागि पालिकाको तर्फबाट गर्नु पर्ने सबै काम गरिने जानकारी दिनु भयो ।

 

उहाँले नेत्र परिक्षणमा कोही नछुटने गरि शिविरहरुको आयोजना र त्यसको ब्यवस्थापनमा फाउण्डेशनलाई आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

 

नागरिकलाई सबै हिसावले सक्षम बनाउने कुरामा पालिकाको ध्यान गएको उहाँले बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य सेवालाई गुणात्मक बनाउनकालागि पालिकाले प्रथामिकतामा राखेको जानकारी दिदै नागरिकको तर्फबाट पनि सेवाको गुणस्तरीयताको बिषयमा खवरदारी आवश्यक रहेको बताउनु भयो ।

 

 शिविरमा वडाध्यक्ष माधव राउत , नेकपाका नेता बीरेन्द्र चौधरी लगायत स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.