logo

पैसाको बिटासंग खेल्ने दाहाल, बानीमा परिर्वतन ल्याउन नसक्दा फेरी बीरगंजमा आउने कसरत गर्दै

 इसीमाना सम्वाददाता     २०८० फागुन ८ गते ०८: ४९ मा प्रकाशित     2671   पटक पढिएको

वीरगंज । करिव ५ यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा कार्यरत्त रहदां अधिकृत लोमस दाहालले करोडौ रुपैया अवैधतरिकाले कमाए ।

 

उनले गरेको अवैध कामको फेहरिस्त संचार माध्यमबाट बाहिरिन थालेपछि आफूलाई सरुवा गराए । एक हप्ता अगाडि मधेश प्रदेशकोअर्थ मन्त्रालयमा उनको सरुवा भएको छ ।

 

सरुवा पछि हौसिएका दाहाल फेरी वीरगंज आउन चाँजो पाँजो मिलाउदै छन । अवैध तरिकाले सधै पैसा कमाउने बानी बरेका दाहालको अर्थमंत्रालयमा भएको सरुवाले बानीमा परिर्वतन ल्याउन नसकेपछि फेरी बीरगंज फर्किने तारताम्य मिलाउन उद्धत छन ।


उनले सवारी शाखाको मोटरसाईकल फाँट, ठूलो सवारी लगायतका फाँटहरुमा अबैध कामबाट पुस्त कमाई गरेका छन । उनले सवारी साधन नभएपनि सवारीको सनाखत र नामसारी गर्ने गरेका थिए । उनले त्यसी नामसारी गरेका केही थान कामगजात ईसीमाना डटकमलाई पनि उपलब्ध भएको छ ।


उनले गरेको सनाखत नामसारी कानुन बिपरितका कार्य हुन । नामसारी खरिद बिक्री गर्नेको रोहवरमा हुनु पर्ने कानूनी ब्यवस्था छ । नामसारी गर्दासवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

 

उपस्थित हुन नसक्दा पनि त्यसको प्रक्रिया पुरा गरेर मात्र नामसारी गर्ने प्रवन्ध छ । तर दाहालले प्रति सवारी नजराना बुझेर यो काम गर्दै आएका छन ।


दाहालले चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरु सँग बिचौलियाहरु मार्फत समन्वय गरी ब्लुबुक मात्र मगाई एउटा ब्लुबुकको कम्तिमा तीन हजार र बढीमा पाँच हजारको दरले रकम असुली हजारौं सनाखत नामसारी गरेका छन । दैनीक पैसाका बिटासंग खेल्ने दाहाल बानीमा परिर्वतन ल्याउन नसक्दा फेरी बीरगंजमा फर्किने कसरतमा लागेको स्रोतको दावी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.