logo

बि.पी. उद्यानमा गैरकानुनी तरिकाले बजार संचालन, राजस्व दाखिला हुदैन ,उठ्यो सवाल 

 इसीमाना सम्वाददाता     २०७८ पौष २४ गते ०३: ०० मा प्रकाशित     628   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी , थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानीय प्रशासन मौन रहेको छ ।

 

सार्वजनिक सम्पतीमा तरकारी , फलफुल थोक तथा खुद्रा बजार संचालन हुदा समेत महानगरपालिका बेखवर रहेको देखिन्छ ।  महानगरपालिकाको स्वामित्वमा रहेको बि.पी.उद्यानमा बजार लगाउदा वा अन्य प्रयोजनकोलागि उपयोग गर्दा त्यसको कानूनी प्रक्रिया पुरा हुनु पर्ने हो तर बिपी उद्यानमा कुनैै पनि प्रक्रिया पुरा नगरि बजार कसरी संचालनमा आएकोे हो भन्ने प्रश्न उठन थालेको छ ।

 

  महानगरपालिकाको कर्मचारीहरुको मिलोमतामा बिपी उद्यानमा बजार संचालन भइरहेको आरोप एक पक्षको छ । अचम्म त के छ भने बीरगंज महानगरपालिकाले पटक पटक सडक अतिक्रमण गरी सडक पेटीमा समान राख्नेहरुलाई आफनो समान हटाएर सडक पेटी खाली राख्न र बि.पी. उद्यानको जग्गामा अनाधिकृत रुपले तरकारी  थोक तथा खुद्रा बजार नलगाउन समेत कैयौ पटक सूचना जारी गरेको छ । तर सूचना जति जारी भएपनि जती ताकेता गरिएपनि उद्यान भित्रको अतिक्रमण भने हटेको छैन ।

 

 २०७८, साउन  ४ गते बीरगंज महानगरपालिकाको चलानी दर्ता नम्बर ८२ मा बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बि.पी उद्यान जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी ब्यापार र ब्यवसाय गरेको भन्दै अतिक्रमण गरेका ब्यतिmहरुलाई हटाउनका लागी जिल्ला प्रशासन कार्यालय पर्सामा  पत्रचार गरेको देखिन्छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्साले २०७८, साउन ५ गते बिहान १० बजे नगर प्रहरीको टोलीको नेतृत्वमा शान्ति सुरक्षाको आवश्यक ब्यवस्था मिलाई अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिनका लागी पर्सा प्रहरीलाई पत्रचार गरेको पनि देखिन्छ । तथापी उद्यान अतिक्रमण मुक्त हुन सकेन ।

 

अहिले पनि बीरगंज महानगरपालिकाले बि.पी उद्यान खाली गराउनकालागि सूचना जारी गरेको छ । तर त्यो सूचनाले पनि उद्यान अतिक्रमण मुक्त हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ । बि.पी. उद्यानमा संचालन भएको तरकारी फलफुल थोक तथा खुद्रा बजारमा ब्यवसायीसंग प्रतिदिन नेपाली ५० रुपैया देखी १०० रुपैया लिने गरिएको छ ।

 

उतm बजारमा २०० सय भन्दा बढी बजारहरु रहेका छन् ।  बिपी उद्यानमा टिनको सेडबाट प्रति महिना पच्च्सीस हजार दिने गरेको एक ब्यवसायीले बताए । तर त्यो रकम महानगरपालिकाको राजस्वमा दाखिला भएको पाइदैन । उठने रकम काहा जान्छ त ? 
महानगरपालिकाले तरकारी, फलफुल , माछा  थोक तथा खुद्रा बजार ब्यवस्थापन गर्नकालागि मीना बजारमा  कम्पलेक्स  उपलब्ध गराएको छ । माईस्थान मन्दिर देखी उतर  नेपाल टेलीकम सम्म सडक पेटीमा बजार संचालन हुदां पैदल यात्रु र हलुका सवारी साधानहरुलाई आवत जावतमा कठिनाई समेत भएको छ ।

 

माईस्थान देखी उतर नेपाल टेलीकम सम्म सडक अतिक्रमण गरी पेटीमा ब्यवसाय गरेका तरकारी , फलफुल बजार हटाउनका लागी महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सा र मीना बजार सामुदायीक प्रहरी सेवा केन्द्रलाई पटक पटक पत्रचार गर्दा पनि हाल सम्म कारवाही प्रक्रिया अगाडी बढेको छैन् ।

बि.पी.उद्यानको अतिक्रमण हटाउने भने महानगरले फेरी प्रयास गरेको छ । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अतिक्रमण खाली गर्न एक हप्ताको सूचना दिइएको बताउनु भयो ।  समयवधि भित्र अतिक्रमण नहटाए कानुनी प्रकिया अपनाइने उहाँले जानकारी दिनु भयो ।  

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.