logo

बि.पी. उद्यानमा गैरकानुनी तरिकाले बजार संचालन, राजस्व दाखिला हुदैन ,उठ्यो सवाल 

 इसीमाना सम्वाददाता     २०७८ पौष २४ गते ०३: ०० मा प्रकाशित     714   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बिपी उद्यानको जमिनमा तरकारी , थोक तथा खुद्रा बजार गैर कानुनी तरिकाले संचालित हुदां पनि स्थानीय प्रशासन मौन रहेको छ ।

 

सार्वजनिक सम्पतीमा तरकारी , फलफुल थोक तथा खुद्रा बजार संचालन हुदा समेत महानगरपालिका बेखवर रहेको देखिन्छ ।  महानगरपालिकाको स्वामित्वमा रहेको बि.पी.उद्यानमा बजार लगाउदा वा अन्य प्रयोजनकोलागि उपयोग गर्दा त्यसको कानूनी प्रक्रिया पुरा हुनु पर्ने हो तर बिपी उद्यानमा कुनैै पनि प्रक्रिया पुरा नगरि बजार कसरी संचालनमा आएकोे हो भन्ने प्रश्न उठन थालेको छ ।

 

  महानगरपालिकाको कर्मचारीहरुको मिलोमतामा बिपी उद्यानमा बजार संचालन भइरहेको आरोप एक पक्षको छ । अचम्म त के छ भने बीरगंज महानगरपालिकाले पटक पटक सडक अतिक्रमण गरी सडक पेटीमा समान राख्नेहरुलाई आफनो समान हटाएर सडक पेटी खाली राख्न र बि.पी. उद्यानको जग्गामा अनाधिकृत रुपले तरकारी  थोक तथा खुद्रा बजार नलगाउन समेत कैयौ पटक सूचना जारी गरेको छ । तर सूचना जति जारी भएपनि जती ताकेता गरिएपनि उद्यान भित्रको अतिक्रमण भने हटेको छैन ।

 

 २०७८, साउन  ४ गते बीरगंज महानगरपालिकाको चलानी दर्ता नम्बर ८२ मा बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको बि.पी उद्यान जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी ब्यापार र ब्यवसाय गरेको भन्दै अतिक्रमण गरेका ब्यतिmहरुलाई हटाउनका लागी जिल्ला प्रशासन कार्यालय पर्सामा  पत्रचार गरेको देखिन्छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्साले २०७८, साउन ५ गते बिहान १० बजे नगर प्रहरीको टोलीको नेतृत्वमा शान्ति सुरक्षाको आवश्यक ब्यवस्था मिलाई अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिनका लागी पर्सा प्रहरीलाई पत्रचार गरेको पनि देखिन्छ । तथापी उद्यान अतिक्रमण मुक्त हुन सकेन ।

 

अहिले पनि बीरगंज महानगरपालिकाले बि.पी उद्यान खाली गराउनकालागि सूचना जारी गरेको छ । तर त्यो सूचनाले पनि उद्यान अतिक्रमण मुक्त हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ । बि.पी. उद्यानमा संचालन भएको तरकारी फलफुल थोक तथा खुद्रा बजारमा ब्यवसायीसंग प्रतिदिन नेपाली ५० रुपैया देखी १०० रुपैया लिने गरिएको छ ।

 

उतm बजारमा २०० सय भन्दा बढी बजारहरु रहेका छन् ।  बिपी उद्यानमा टिनको सेडबाट प्रति महिना पच्च्सीस हजार दिने गरेको एक ब्यवसायीले बताए । तर त्यो रकम महानगरपालिकाको राजस्वमा दाखिला भएको पाइदैन । उठने रकम काहा जान्छ त ? 
महानगरपालिकाले तरकारी, फलफुल , माछा  थोक तथा खुद्रा बजार ब्यवस्थापन गर्नकालागि मीना बजारमा  कम्पलेक्स  उपलब्ध गराएको छ । माईस्थान मन्दिर देखी उतर  नेपाल टेलीकम सम्म सडक पेटीमा बजार संचालन हुदां पैदल यात्रु र हलुका सवारी साधानहरुलाई आवत जावतमा कठिनाई समेत भएको छ ।

 

माईस्थान देखी उतर नेपाल टेलीकम सम्म सडक अतिक्रमण गरी पेटीमा ब्यवसाय गरेका तरकारी , फलफुल बजार हटाउनका लागी महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सा र मीना बजार सामुदायीक प्रहरी सेवा केन्द्रलाई पटक पटक पत्रचार गर्दा पनि हाल सम्म कारवाही प्रक्रिया अगाडी बढेको छैन् ।

बि.पी.उद्यानको अतिक्रमण हटाउने भने महानगरले फेरी प्रयास गरेको छ । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अतिक्रमण खाली गर्न एक हप्ताको सूचना दिइएको बताउनु भयो ।  समयवधि भित्र अतिक्रमण नहटाए कानुनी प्रकिया अपनाइने उहाँले जानकारी दिनु भयो ।  

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.