logo

महानगर प्रमुख सरावगीद्वारा विभिन्न क्षेत्रको विकासका लागि आर्थिक सहयोग हस्तान्तरण 

 इसीमाना सम्वाददाता     २०७८ पौष ३ गते ०४: २१ मा प्रकाशित     820   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामाजिक विकासको सहयोगमा निरन्तरता दिनुभएको छ ।

 

 

नगर प्रमुख सरावगी महानगरको प्रमुखमा निर्वाचित भएदेखि नै सामाजिक विकास, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राख्नुभएका नगर प्रमुख सरावगीले लायन्स क्लबको एकलाख अमेरिकी डलर र वीरगंज महानगरको ४७ लाख लगानीमा श्रीपुर बिद्यापीठ माविमा निर्माण हुन लागेको बहुउद्देश्यीय हल निर्माणका लागि महानगर प्रमुख सरावगीले लायन्स क्लबको कार्यक्रममा चेक हस्तान्तरण गर्नुभएको हो ।

 

बहुउद्देश्यीय हल निर्माणका लागि नगर प्रमुख सरावगीले ४७ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । त्यस्तै महानगर प्रमुख सरावगीले गरिब तथा विपन्नहरुको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । महानगरपालिकाको नगर स्तरीय बजेटबाट गरिब बिपन्न ब्यक्तिहरुको अँखाको निःशुल्क शल्यक्रिया गर्नको लागि पाँच लाख रुपैया सहयोग गरेको हो ।

 

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पाँचलाख रुपैंयाको चेक नेपाल नेत्रज्योती संघ पर्सालाई हिजो हस्तान्तरण गर्नुभएको छ । त्यस्तै नगर प्रमुख सरावगीको सेवा सुविधाबाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट पनि चार जना जेहेन्दार तथा बिपन्न छात्रछात्राहरुलाई अध्ययनका लागि सहयोग गर्नुभएको छ ।

 

महानगर प्रमुख सरावगीले (छात्रवृत्ति) स्वरुप चारजनालाई चेक हस्तान्तरण गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ । यसैबीच महानगर प्रमुख विजय कुमार सरावगी शनिबार निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनमा पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

 

 

नगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास नै मुलुको आर्थिक विकासको प्रमुख आधारस्तम्भहरु रहेकोले यी क्षेत्रहरुको विकास अनिवार्य रहेको बताउनुभयो । वीरगन्ज महानगरक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाले हरसम्भव प्रयासरत रहेको र यही क्रममा अहिले सामुदायिक विद्यालयका शिक्षकहरुको पनि सरुवा गरिएको बताउनुभयो ।

 

उहाँले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले केही विकृतिहरु पनि देखिएकोले त्यसको नियन्त्रणमा निजी तथा संस्थागत विद्यालयहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.