logo

मानव अधिकार दिवसमा दीप प्रज्वलन, मानव अधिकारको अवस्था चिन्ताजनक रहेको वक्ताहरुको भनाई

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २४ गते ०७: १७ मा प्रकाशित     648   पटक पढिएको

सबै मानव सबै समान भन्ने मुल नाराका साथ यस वर्षको ७३ औ बिश्व मानव अधिकारी दिवस मनाइएको छ । दिवसको अवसरमा बीरगंजको घण्टाघरमा पनि साँझ दीप प्रज्वलन गरिएको छ ।

 

नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने  मानव अधिकारको बिश्वब्यापी घोषणा को पृष्ठभूमीका बारेमा चर्चा गर्नु भएको थियो । मानव अधिकारको रक्षा त्यसको सम्र्वद्धन र प्रर्वद्धन सरकार गम्भिर नभएको समेत उहाँले आरोप लगाउनु भयो ।

 

राष्ट्रीय मानव अधिकार आयोगले समेत राष्ट्रप्रमुख समक्ष बुझाएको प्रतिवेदनले पनि नेपालमा मानव अधिकारको अवस्था सन्तोषजनक नरहेको देखाएको छ । न्यायपालिकामा देखिएको बेथितीले निष्पक्ष न्यायको सुगमता नरहेको लामिछानेले बताउनु भयो ।

 

न्यायलयको इन्टग्रीटीमाथि गम्भिर सवाल पैदा भएको चर्चा गर्दै उहाँले मान्छेको अधिकारको रक्षा गर्ने न्यायलय नै समस्यामा रहेको अवस्था मानव अधिकारको अवस्था नाजुक हुनु स्वभाविक रहेको बताउनु भयो। कार्यक्रममा बरिष्ठ अधिवक्ता अधिकारकर्मी दीपराज भण्डारीले मानव अधिकारको बिश्ष्वयापी घोषणा अनुरुपको अधिकारको उपभोगको वतावरण  अहिले सम्म पनि नबनेको प्रति चिन्ता ब्यक्त गर्नु भयो ।

 

मान्छेको स्वाभिमानपूर्ण जीवन बाँच्न पाउने अधिकार भएता पनि त्यो संसारभर अभिभाज्य रहेता पनि मान्छे मान्छे वीचको शोषण र अमानवीय ब्यवहार कायमै रहेको बताउनु भयो । 


नेपाल मानव  अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा पर्साका अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । संगठनको तर्फबाट पत्रकार निरज पिठाकोटे मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

यसैगरि दिवशका अवसरमा एमनेष्टी इन्टरनेशनल समुह १६ ले पनि बीरगंजमा दीप प्रज्वलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले दीप प्रज्वलन गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.