logo

वीरगञ्जको बसडिलवाका २० छात्रालाई साइकल वितरण 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०६: २० मा प्रकाशित     563   पटक पढिएको

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । 

 


प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ उतिर्ण गरेर ९ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगमले वितरण गरिएको साइकलले छात्राहरुलाई अध्ययनमा उत्प्रेरित गर्ने बताईन् ।

 

अध्ययनका लागि हौसला दिनुका साथै विद्यालय बाहिर रहेका छात्राहरुलाई पनि विद्यालय आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रदेश सांसद बेगमको विश्वास छ । त्यसैगरी जनता समाजवादी पार्टी  पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले प्रदेश सकारको लोकप्रिय कार्यक्रममा विपक्षीहरुको नजर लागेको बताएका छन् ।

 

राष्ट्रपति विद्या देवी भण्डारीले समेत बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको सह्राना गर्दै अन्य प्रदेशमा पनि लागु गर्नुपर्ने बताइरहेको बेला यसको विरुद्धमा आवाज उठाउनु व्यर्थ हुने अध्यक्ष यादवको भनाई छ ।

 

कार्यक्रममा जसपा पर्साका सचिव तबरेज अहमद, संघिय शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, सचिव रामाधर साह, वडा नम्बर २९ का वडाअध्यक्ष धर्मेन्द्र प्रसाद थारु, विद्यालयका पूर्व प्रधानाध्यापक तुलसी महत, राधाकृष्ण यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.