logo

वीरगञ्जको बसडिलवाका २० छात्रालाई साइकल वितरण 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०६: २० मा प्रकाशित     662   पटक पढिएको

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । 

 


प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ उतिर्ण गरेर ९ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगमले वितरण गरिएको साइकलले छात्राहरुलाई अध्ययनमा उत्प्रेरित गर्ने बताईन् ।

 

अध्ययनका लागि हौसला दिनुका साथै विद्यालय बाहिर रहेका छात्राहरुलाई पनि विद्यालय आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रदेश सांसद बेगमको विश्वास छ । त्यसैगरी जनता समाजवादी पार्टी  पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले प्रदेश सकारको लोकप्रिय कार्यक्रममा विपक्षीहरुको नजर लागेको बताएका छन् ।

 

राष्ट्रपति विद्या देवी भण्डारीले समेत बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको सह्राना गर्दै अन्य प्रदेशमा पनि लागु गर्नुपर्ने बताइरहेको बेला यसको विरुद्धमा आवाज उठाउनु व्यर्थ हुने अध्यक्ष यादवको भनाई छ ।

 

कार्यक्रममा जसपा पर्साका सचिव तबरेज अहमद, संघिय शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, सचिव रामाधर साह, वडा नम्बर २९ का वडाअध्यक्ष धर्मेन्द्र प्रसाद थारु, विद्यालयका पूर्व प्रधानाध्यापक तुलसी महत, राधाकृष्ण यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.