logo

तिवाले आन्दोलन, जसका कारण सास्ती उसलाईपनि एसएमएस

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १७ गते ०८: ४७ मा प्रकाशित     784   पटक पढिएको

तिलावे पुल निर्माण दबाब समुहले  पूल निर्माणको माँग गर्दै देशका प्रधानमंत्री सहितका शिर्ष नेताहरुलाई एसएमएस पठाएको छ । 
एसएमएसमा समुहले नेताहरुलाई दीपावली र छठका शुभकामना दिदै एउटा सवाल सोधेका छन।

 

पर्साको ग्रामीण इलाकासंग बीरगंजलाई जोडने लाइफलाईन मानिएको हुलाकी राजमार्ग अन्र्तगतको तिलावे नदीमा पुल कहिले बन्छ भनेर सोधेका छन ।

 

३ वर्षमा सकिनु पर्ने काम अहिले ६ वर्षसकिदा पनि नसकिदा युवा समुहले दिक्दारी पोख्दै नागरिकले धेरै सास्ति पाएको उल्लेख गरेका छन । 
युवा समुहले एसएमएस पाठाएको नेताहरुको सूचीमा पर्साको क्षेत्र नं ३ निर्वाचित भएका तर निलम्वनमा परेका हरि नाारायण रौनीयारको  नाम पनि छ ।

 

रौनीयार तिनै हुन जसले स्थापना गरेको पप्पु कन्स्ट्रक्शनका कारण पर्साका जनताले सास्ती खेप्नु परेको छ । बर्दियाको जब्दिघाट पुल प्रकरणमा व्यवस्थापिका संसद सदस्य रौनियारलगायत १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेपछि  संघीय संसद सचिवालयले ०७५ असोज २१ गते रौनियारको पद स्वतः निलम्बन भएको सूचना निकालेको थियो । 


समुहले  ​प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमंत्री केपि शर्मा ओली,माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमंत्री उपेन्द्र यादव,महन्थ ठाकुर,रेणु यादव,बालकृष्ण खाड पर्साका सासदहरु प्रदीप यादव,लक्षमण लाल कर्ण,बिमल श्रीवास्तव,निलम्वित साँसद हरिनारायण रौनियार ,प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र हुलाकी निर्देशनालयका आयोजना प्रमुख दरोगा यादवलाई दबाब समुहले एसएमस पठाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.