logo

स्व.गुप्ताको सम्झनामा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १४ गते ०४: १७ मा प्रकाशित     816   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ का बरिष्ठ उपध्यक्ष स्व.रामानन्द गुप्ताको स्मृतिमा बीरगंजमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्व.गुप्ताको कार्तिक ३ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।

 

 

सप्तरी जिल्लाको लाहानमा रहेर पत्रकारिता गर्नु भएका गुप्ता प्रदेश २ कै अग्रज पत्रकार मध्यका एक हुनुहुन्थ्यो । 


०४६ भन्दा अगाडि देखी पत्रकारितामा सक्रिय गुप्ताले सुरुची साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचार पत्र लगायतका बिभिन्न संचार माध्यमकालागि सिराहबाट समाचार लेख्नु भएको थियो ।

 

५९ वर्षको उमेर सक्रिय पत्रकारिता गर्दै गर्दा  उहाँले मृत्युवरण गर्नु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले गुप्ता जी जस्तो पाको र पपरिपक्व पत्रकारको अवसानले नेपाल पत्रकार महासंघलाई गम्भिर क्षती पुगेको बताए । 

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले स्व.गुप्तासंग आफना अन्तरंग कुराहरुको स्मरण गरे । पत्रकार महासंघको उपाध्यक्षमा निर्वाचन जित्नु भएका गुप्ताले प्रेस काउन्सिल पत्रकारिता पुरस्कार समेत पाउनु भएको थियो  शेखले यि सबै प्रसंगहरुमा गुप्ता र आफूवीच भएको अन्तरग छलफल बारे चर्चा गरे । 


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्व . गुप्ताले श्रमजीवी पत्रकार र पत्रकार महासंघको संस्थागत बिकासकालागि देखेका सपना बाँचेकाहरुले पुरा गर्नु पर्ने बताए । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास , नेशलन युनियन अफ जर्नालिस्ट रक्सौल प्रखण्डका बिपिन कुशवाहा , केन्द्रीय प्रतिनिधि परिषदका सदस्य महेशचन्द्र गौतम र तुलसी भण्डारी प्रदेश सदस्य त्रिलोकी यादव लगायतले स्व. गुप्ताको योगदनाको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.