logo

समाजमा प्रहरी भएकै कारण नागरिकले सुरक्षा अनुभूती गर्न पाएका छनः प्रजिअ घिमिरे

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०३: ३३ मा प्रकाशित     650   पटक पढिएको

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले समाजमा शान्ति र सुरक्षाको अवस्था बहाल गर्नकालागि प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन ।

वीरगञ्जमा पनि ६६ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन  ।  समाजमा प्रहरी भएकै कारण नागरिकले सुरक्षाको अनुभूती गर्न पाएको उनले बताए । नागरिकको जिउधनको सुरक्षामा तल्लीन प्रहरीलाई नागरिक समाजले पनि सही सूचना दिएर सहयोग गर्नु पर्नेमा घिमिरेले जोड दिए ।   


प्रमुख जिल्ला अधिकारी घिमिरेले  शान्ति सुरक्षासँगै अपराध नियन्त्रणका लागि प्रहरीले देखाउँदै आएको सक्रियतालाई अझै गुणात्मक बनाउनु पर्नेमा जोड दिए । 

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले शुरुमा प्रहरी जागिर मात्र नभई दायित्व समेत  भएको बताए । उनले प्रहरीप्रतिको नकारात्मक धारणालाई हटाएर प्रहरी मेरो साथीको अवधारणालाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

 

उनले जनतामा प्रहरीप्रतिको विश्वास विगतको तुलनामा बढ्दै गएकोमा खुशी व्यक्त गर्दै हरेक प्रहरीले ईमान्दारीताका साथ आफ्नो दायित्व बहन गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा प्रहरीसँग समन्वय र सहकार्य गरेर सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरसहितका विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान आयोगका प्रहरी उपरीक्षक, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, पूर्व अध्यक्ष अशोक वैद्य,  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.