logo

कोभिडकालमा सामाजिक योगदान गर्नेहरु बीरगंज कलेजद्वारा सम्मानीत, सम्मानले उत्साहित बनाएको छः चौगाई

 इसीमाना सम्वाददाता     २०७८ असोज १८ गते ०४: ५३ मा प्रकाशित     785   पटक पढिएको

२०७७ चैत ११ गते मुलुकभर निषेधज्ञा जारी भयो ।  कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको थियो । श्रम गरेर बाँच्ने नेपालीहरुको दैनीकी निकै संकटमा परेको थियो ।

 

स्थानीय सरकार र समाजका केही ब्यक्तिहरु गरीब निमुखाहरुको बिहान बेलुकीको छाक टार्नकालागि राहतको ब्यवस्थापन र बितरणमा लागेका थिए । निषेधाज्ञाका कारण मान्छेको दैनीक घरका चार पर्खाल भित्र सीमित हुन पुगेको थियो । यस्तो महामारीको बेलामा बीरगंजका सडकमा भोजन बिहिन अवस्थामा रहेका पशुहरुलाई भोजनको ब्यवस्थापनको बिडो उठाएका थिए ।

 

बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई र उनको टिमले । पशुको मात्र होइन मान्छेकालागि पनि खानाको ब्यवस्थापनमा खटेको चौगाईको टोलीले महामारीको बेलामा उत्कृष्टा मानवता प्रर्दशन ग¥यो । उनी सम्झिन्छन सबै कोरोना महामारीको प्रभावमा थियौ बोल्ने मान्छेहरुकोलागि खानको ब्यवस्था मुश्किलले हुन्थ्यो त्यस्तो बेलामा बोल्न नसक्ने घर पालुवा तर सडकमा छोडिएका जनावरहरुको  अवस्था झनै कहालीलाग्दो देखिए पछि हामीले पशु खास गरेर कुकुरकालागि खानाको ब्यवस्था गर्यौ ।

 

बीरगंज कलेजले त्यही योगदानको स्मरण गर्दै चौगाईलाई सोमवार बीरगंजमा सम्मान गर्यो । सम्मान पाएपछि खुशी भएका चौगाईले आफनो सामाजिक संजाल फेसबुकमा कोभिड १९ को महामारीमा भोकभोकै भौँतारिरहेका कुकुरसहित अन्य पशु र गरिब, विपन्न परिवारलाई केही छाक भएपनि भोजनको व्यवस्था गरियो ।आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर गरीरहने छु ।

 

सम्मानका लागि वीरगञ्ज कलेज परिवारलाई हार्दिक आभार र मसँगै सम्मानित हुने सबैलाई हार्दिक बधाई ।भनेर लेखेका छन । कर्म गर्दै जाँदा पाउने सम्मानले खुशी हुनु त स्वभाविक नै छ तर त्यसले अझै राम्रो गर्न प्रोत्साहित गर्ने चौगाईको बुझाई छ ।

 

कलेजले अर्का ब्यक्ति ओमप्रकाश सर्राफलाई सम्मान गरेको छ ।  वीरगञ्ज कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनीहरुलाई सम्मानीत गरिएको हो। 

 

कोभिड १९ बाट प्रभावित भएकाहरुलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर गरिब विपन्न परिवारलाई राहत वितरण, मास्क वितरण, भोजन वितरणसहितका काममा सर्राफको सहभागिता रहेको थियो । 


सो अवसरमा  दलित सशक्तिकरणमा योगदान दिएको भन्दै पत्रकार बृजलाल पासवानलाई पनि सम्मानित गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.