logo

नेपाल भारत प्रवेशद्वार नीजि सवारी साधनकालागि पनि खुल्यो, पर्यटन ब्यवसायी उत्साहित

 इसीमाना सम्वाददाता     २०७८ असोज १५ गते ०२: २३ मा प्रकाशित     592   पटक पढिएको

कोरोना कहरको पहिलो निषेधाज्ञा संगै बन्द रहेको नेपाल भारतको सीमा नाकाहरु शुक्रवार देखी पूर्ण रुपमा खुलेका छन । असोज ५ गते बसेको मंत्रीपरिष्दाको बैठकले नाका खोल्ने निर्णय गरेको थियो । मंत्री परिषदको निर्णय संगै शुक्रवारबाट नाकामा भारतीय नीजि सवारी साधनहरुको आवागमन पनि खुलेको छ ।  

नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जबाट शुक्रबार बिहान भारतीय निजी सवारी भित्रिएसँगै औपचारिक रुपमा सीमा नाका सञ्चालनमा आएको हो । भारतीय नीजि सवारी मार्फत नेपाल भित्रिएका भारतीय यात्रुलाई नेपाल तर्फबाट शंकराचार्य प्रवेशद्वारामा भब्य स्वागत गरिएको थियो । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी ,होटेल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हरिपन्त सहितका ब्यक्तिहरुले भारतीय यात्रुलाई स्वागत गरेका थिए । भारतीय नीजि सवारी साधनको आवागमन संगै ओइलाएको बीरगंजको पर्यटन ब्यवसायले गती लिने संघका अध्यक्ष पन्तले बिश्वास ब्यक्त गरे । होटेल तथा पर्यटन ब्यवसायी संघले यो भन्दा अगाडि देखी नै भारतीय नीजि सवारी साधनको आवागमनको माँग गर्दै आएका थिए । 

कोभिड महामारीका कारण गएको करिब २ वर्षदेखि नाकाबाट अत्यावश्यक मालसामान बोकेका बाहेक निजी भारतीय सवारी साधन आवतजावत बन्द थियो ।

भारतीय निजी सवारीबाट नेपाल प्रवेश गर्ने यात्रुले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता भने राख्नु पर्ने छ । जसमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट, कोभिड खोप लिएको प्रमाण, नेपालमा होटल बुकिङ गरेको कागजात  भएमात्रै भन्सार कार्यालयले अस्थायी प्रवेश अनुमति पास दिने  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.