logo

जिराभवानी गाउँपालिकाको सेढवाका  ६२ घर परिवारलाई राहत बितरण 

 इसीमाना सम्वाददाता     २०७८ भदौ २१ गते ०७: ०५ मा प्रकाशित     605   पटक पढिएको

पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।

 

सेढवा टोलमा रहेका ६२ घर परिवारलाई प्रति परिवार २५ के.जी चामल, एक किलो दाल, एक प्याकेट नुन, एक बोतल खाने तेल, नुहाउने तथा भाडा सफा गर्ने साबुन एक एक पिस र दाँत माज्ने मंजन एक पिस प्रदान गरिएको भिसिएनका पर्सा संयोजक प्रकाश थारुले जानकारी दिए । 

            जिराभवानी मंन्दिरमा परिसरमा  एक कार्यक्रमको आयोजना गरि सेढवा टोलका माँझी तथा दलित बस्तीका ६२ घरका प्रत्येक परिवारलाई भिसिएनका अध्यक्ष दिपक चापागाई तथा उपाध्यक्ष राधा मटाङगी, सशस्त्र प्रहरी सुरक्षा बल जिराभवानीका सशस्त्र प्रहरी निरिक्षक केदार राईले संयुक्तरुपा राहत सामाग्री हस्तान्तरण गरेका हुन ।

 

 सो कार्यक्रमको सहजीकरण संयोजक प्रकाश थारुले गरेका थिए  । भिसिएनले ४० घरपरिवारकालागि धारा निर्माण गरि हस्तान्तरण गरेको छ । भिसिएनल  थप एक धाराकोलागि नगद रकम समेत उपलब्ध गराएको थारुले जानकारी दिए । 


कार्यक्रममा पत्रकार ओम प्रकाश चौधरी, भिसियनका बिस्वास लामिछाने, सुनिल भंडारी लगायतको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.