logo

रौतहटमा निषेधाज्ञाको अवधी बढ्यो,हाटबजार, मेला , बिद्यालय र उत्सव बन्द

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ०३: २८ मा प्रकाशित     688   पटक पढिएको

आईतबार राती १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।


निषेधाज्ञाको समयावधि भदौ १५ गते राती सम्म तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै जिल्लामा हालसम्म ५३ जनाको ज्यान गइसकेको हुँदा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 


जिल्ला भित्र सवारी साधन संचालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने , अन्य जिल्ला जानू परे आवेदन दिएर स्वीकृति लिनुपर्ने , मास्क लगाइ सेनिटाइजर प्रयोग गरि मापदण्ड पालना गरेर व्यापार व्यवसाय संचालन गर्नुपर्ने ,हाटबजार, मेला , उत्सव बन्द गर्ने, निधो भैसकेको कार्यक्रमहरुमा १० जना भन्दा बढी सहभागी हुन नपाइने , त्यसका लागि स्थानियतहको स्विकृत लिनुपर्ने , डिजे बन्द गर्ने, अर्को निर्णय नहुदा सम्म भौतिकरुपमा कक्षा संचालन तथा परीक्षा संचालन नगर्न सुचना जारी गरेको छ ।

 

निषेधाज्ञा पालना नगर्ने, आदेशको उलंघन गर्ने गराउने जो कोहीलाई कानूनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.