Tuesday, 22 July 2025, 11:22:40 am

हुल बाधी मुसाहरु दरबार

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १७ गते ०३: ०८ मा प्रकाशित     858   पटक पढिएको

सुमित भारती

एक छिन जित्ला तर हुन्न बलियो,कलम भन्दा तरवार।
बन्दैन राजा पसे पनि हुल बाधी मुसाहरु दरबार।

 


मिल्दैछन मुसाहरु,दुलो पार्न छोडी,संगठन गर्दछन् ।
उठि चिहानबाट  मृत शरिरमा श्वास ती भर्दछन।

 


बिचित्र त त्यतिबेला देखियो,जब सलबलाए कंकाल पनि।
साखुल्य बन्दै तर खाएको बिरालो,अभिनय गर्दछन्।

 


हराउँछ स्याल कुकुरको बथानमा,जब शान्त बस्छ शहर।
भाडियो भने शान्ति चल्छ हावाहुरी,ती जालमा पर्द्छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु