logo

पर्सागढीको बढनीहारमा “घरदैलो मा डक्टर”कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८३ बैशाख २६ गते ०९: ३० मा प्रकाशित     521   पटक पढिएको

वीरगंज । पर्सागढी नगरपालिकाको बढनियारमा आज दोस्रो सप्ताह पनि“घरदैलो मा डक्टर”कार्यक्रम सम्पन्न भएको छ।

 

प्रभु अस्पताल वीरगंजको  सहकार्य र जुनतारा बचत सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा १९०महिला र ६० जना पुरुष सहित जम्मा २५० जनाको निशुल्क स्वास्थ्य चेक जाँच,सुगर कीट द्वारा सुगर चेकजाच एवं निशुल्क औषधि बितरण सम्पन्न भएको छ ।

 

गरिव बिपन्न र पहुच नभएका बिरामी जो अस्पताल सम्म पुग्न नसक्ने अवस्थामा रहेका छन ति बिरामीलाई उनीहरुकै  घरदैलोमा पुगि उपचार परामर्श दिकालागि यो कार्यक्रम संचालन गरिएको जनाइएको छ ।

 

स्थानीय बलिराम शुक्लाको समन्वय र जुनतारा सहकारीका अध्यक्ष मन्जु क्षेत्रीको अध्यक्षतामा प्रभु  अस्पतालकाका संचालक एवं स्त्रीरोग विशेषज्ञ डा .लक्ष्मी थापा गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ फिजिसियन डा.रवि रन्जन साहले  चेकजाच गरेका थिए ।

 

उक्त कार्यक्रममा कार्यक्रम प्रमुख दिलिप राज कार्कीले अस्पताल व्यवसायिक रुपमा मात्र नभई सेवा मुखी हुने गरि जनता सङ्ग हातेमालो गर्न शिविरहरु संचालन गर्दै आएको बताए  ।

 

बिकट र दुर्गम क्षेत्रमा अस्पताल र सहयोगी महिला अगुवाहरुले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष मन्जु क्षेत्रीले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जाहेर गरिन ।

 

उक्त कार्यक्रममा दिर्घ रोगी,जेष्ठ नागरिक एवं महिला सम्बन्धी गम्भीर रोगको बिरामी लाई अगामी उपचारमा अस्पतालले थप सहयोग र सेवा गर्न प्रतिबद्ध रहेको पनि डा. लक्ष्मी थापाले बताइन।

 

 

डा.लक्ष्मी थापाले प्रभु अस्पतालले अगामी हप्ताहरुमा अन्य दुर्गम र पिछडिएको ठाउँमा पुगि यस्ता किसिमको घरदैलो शिविर सन्चालन गर्ने कार्यक्रमको निरन्तरता रह्ने जानकरी दिइन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.