logo

महानगरद्वारा अस्पतालको अनुगमन , सेवा शुल्क पारदर्शी बनाउन निर्देशन

      6/3/2021 गते 00 00 मा प्रकाशित     994   पटक पढिएको

बीरगंज महानगरपालिकाले बीरगंजमा संचालीत अस्पताल , औषधी पसल र प्रयोगशालाहरुको अनुगमन तेश्रो दिन पनि जारी राखेको छ  ।  

बीरगंज महानगरपालिकाले निर्माण गरेको स्वास्थ्य कार्यविधि अन्तर्गत निर्माण भएको अनुगमन समितिले अनुगमन शुरु गरेको हो ।

 

पहिलो दिन समितिले बीरगंजको भवानी हस्पिटल र आशााराम  हस्पिटलको अनुगमन गरेको महानगरको स्वास्थ्य महाशाखाका रितेश जयसवालले जानकारी दिनु भयो ।

 

समितिले बुधवार बीरगंजको तराई र एएमसी अस्पताल निरिक्षण गरेको थियो । बिहिवार समितिल बीरगजको अली हस्पिटल र मेट्रोसिटी अस्पताल सहित केही औषधी पसलको समते  नीरिक्षण अनुगमन गरेको बीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महतोले जानकारी दिनु भयो । 


महतोको नेतृत्वमा गएको टोलीले अस्पतालले दिने सेवा र लिने शुल्कको बारेमा अनुगमन गरेको थियो । अनुगमन टोलीले तीन दिन भित्र आफनो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार तथा लागत रकमको शिर्षक सहितकोे मूल्यसूची आफनो संस्थाको सूचनापाटीमा राख्न निर्देशन दिएको छ ।  

 

महाशाखाका प्रमुख अरुण  महतोले महानगरले दिएको निर्देशनलाई पालना नगरिए कारवाही गर्ने बताउनु भयो  । उहाँले मुनाफा आर्जन गर्ने उद्धेश्यले मापदण्ड पुरा नगरि अस्पताल संचालन भएको पाइएको बताउनु भयो । इजजात नलिएका इजाजत भएपनि नविकरण नगरि संचालनमा रहेका अस्पतालहरुलाई कारवाही गरिने उहाँले बताउनु भयो ।

 

उहाँले अस्पतालले दिने सेवा सुविधाको शुल्क सूचना पाटीमा टाँस गर्न , नागरिक वडा पत्र राख्न, सूचना अधिकारीको सार्वजनीक बोर्ड झूण्ड्याउन अनुगमनको क्रममा ४८ घण्टे निर्देशन दिइएको बताउदै अर्को पटकको अनुगमनमा कार्यान्वयन नभएको पाइएमा कारवाही गरिने महतोले बताउनु भयो ।  महतोले अनुगमन कार्यलाई ठोस  र परिणममुखी बनाईने बताउनु भयो ।


टोलीले बीरगंजमा संचालीत औषधी पसलहरुको पनि निरिक्षण शुरु गरेको छ । औषधी पसल संचालनकालागि फारमेसी अध्ययन गरेको जनशक्ति आवश्यक भएपनि अधिकांश औषधी पसलमा फर्मासिस्ट नरहेको पाइएको अनुगमन समितिका सजन अग्रवालले जानकारी दिनु भयो ।

 

नागरिकको स्वास्थ्य प्रति औषधी पसलका संचालकहरु जिम्मेवार नभएको उहाँले बताउनु भयो । अनुगमन टोलीले औषधी पसल संचालनका बखत देखाइएको फरमासिस्टहरु ४८ घण्टामा पसलमा उपलब्ध नभए कारवाहीको प्रक्रियामा जाने अग्रवालले बताउनु भयो । 

यसैवीच  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले पनि गत आइतवार सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.