logo

पटेर्वाका इन्सपेक्टर अधिकारी चोरको शरणमा,चोरलाई अर्को चोरको जिम्मा लगाए, जिम्मा जानेर लिने दुबै फरार

 इसीमाना सम्वाददाता     २०८३ भदौ २२ गते ००: ०० मा प्रकाशित     427   पटक पढिएको

वीरगंज । भदौ ८ गते दुग्धेश्वर महादेवको मन्दीर छेउबाट श्रद्धालु भक्तजनले पक्राउ गरेर प्रहरीलाई बुझाएको एक चोरलाई इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर समुन्नत अधिकारले अर्का चोरको जिम्मा लगाएर रिहा गरेको कुरा सार्वजनीक भएको छ । 

 


इन्सपेक्टर अधिकारीले भदौ ९ गते मंगलवार ति भारतीय चोरलाई पटेर्वा सुगौली गाउँपालिका वडा नं ५को देउरीय बजारमा सैलुन चलाएर बस्ने उमेश ठाकुरको जिम्मामा छाडेका थिए । उमेश ठाकुर चोरीका मोवाईलको कारोवारी गर्ने ब्यक्ति हुन ।

 

इन्सपेक्टर अधिकारीले ठाकुरको जिम्मामा छाडेका भारतीय चोर भारत तिरै पुगको बताइएको छ  भने ठाकुर पनि प्रहरीको सम्र्पकमा छैनन । इन्सपेक्टर अधिकारीले स्थानीय पीडित परिवारलाई हरेक दिन जसो इलाका प्रहरी कार्यालयमा छलफलकालागि बोलाउदै आएका छन तर चोर र चोरको जिम्मा लिने भने बेपत्ता भएका छन ।

 

भारतीय चोरलाई अर्को चोरको जिम्मा लगाउनुका पछाडी इन्सपेक्टर स्वार्थमा लिप्त भएको आरोप लाग्न थालेको छ ।

 

 

अवैध असुली, जनताको घर घरको फोटो खिच्ने , बहालवाला सरकारमा भएका मन्त्रीको नजिक छु भन्दै स्थानीयलाई मनोबैज्ञानीक रुपमा टर्चर दिदै हिडेका र आफनो तहबाट राम्रो “परफरमेन्स” गर्नुको सट्टा ब्यवसायीक निष्ठालाई तिलान्जली दिएर हिडेका कारण बिवादमा आएका अधिकारी सुनको सिक्री चोरी प्रकरणले झन बिवादमा तानिएका छन । 

 


प्रहरीले कारवाही गर्छ भन्ने बिश्वासमा चोर प्रहरीलाई बुझाएका थियौ तर प्रहरी नै चोरको शरणमा पर्छ भन्ने बिश्वास थिएन स्थानीय एक अगुवाले भने “चोरले नै चलाउने प्रहरीले शान्ति सुरक्षा अमन चयनको वतावरण बनाउछ भनेर कसरी बिश्वास गर्नु ”? प्रहरीको नैतीकता मर्यादा र ब्यवसायीक निष्ठालाई इन्सपेक्टर अधिकारीको कामले धुमील बनाएको स्थानीयको टिप्पणी रहेको छ ।

 

पटेर्वा सुगौली गाउँपालिका वडा नं १ का बुनी साह तेलीको सिक्री चोरेर भाग्दै गरेको चारेलाई दुग्धेश्वर महादेव भाथा धामको मेला समिति स्थानीय र प्रहरी मिलेर भदौ ८ गते पक्रेका थियो ।

 

 जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी सहायक निरिक्षक ध्रुब साहले ति भारतीय चोरलाई इलाका प्रहरी कार्यालय पटेर्वाको जिम्मा लगाएका थिए ।


चोर संगबाट भारतीय सीम सहितको मोवाईल र भारतीय नम्बर प्लेटको बुलेट बाइक पनि संगै थियो ।


तर ९ गते मंगलवार प्रहरी निरिक्षक समुन्नत अधिकारीले चोरलाई आफनो कस्टडीबाट मुक्त गरिदिए ।


बुधवार निवेदन लिएर कार्यालय पुगेका बुनी साह तेली त्यतीबेला बिलखबन्दमा परे जतिवेला इन्सपेक्टर अधिकारीले चोरलाई छाडेको जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.