logo

पटेर्वाका इन्सपेक्टर अधिकारीको चर्तिकला पीडकलाई उन्मुक्ति पीडितलाई दिए थप पीडा

 इसीमाना सम्वाददाता     २०८३ भदौ १८ गते ०९: ५२ मा प्रकाशित     732   पटक पढिएको

वीरगंज । भदौ ८ गते दुग्धेश्वर महादेवको मन्दीर छेउबाट श्रद्धालु भक्तजनले पक्राउ गरेर प्रहरीलाई बुझाएको एक चोरलाई इलाका प्रहरी कार्यालय पटेर्वाले रिहा गरेको छ । 

 


पटेर्वा सुगौली गाउँपालिका वडा नं १ का बुनी साह तेली बिहानै दुग्धेश्वर महादेवको दर्शन गर्न फेदीबाट सिढी चढेर मन्दीर तर्फ जादै थिए ।

May be an image of scooter, motorcycle, phone and text that says 'elecom l. 67 Mon 24 139 Aug EBR'22BP9808 日.*228P9908 A'22 P'9908 2 650001-P 明 2TextMessages 2 2 Text Messages 1h ago ago O''

हातमा जल र फूल बोकेर माथि जादै गरेका तेलीको घाँटीमा रहेको सिक्रीमा कसैले हात लगायो । कानुले हामतमा भएका सरदम छोडेर चोरलाई समाते ।

 

बलियो चोरले हात फूतकाएर भाग्यो । तर बाटोमा दुई प्रहरी र अन्य श्रद्धालु थिए जसले चोरलाई फेरी समाते ।

 

त्यसरी समातिएको चोरलाई  बन्यजन्तुको रक्षाकालागि रहेको चारभैया पोष्टका जिम्दारलाई जिम्म लगाइयो ।

 

उनले डिउटीमा रहेको नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षकलाई जिम्मा लगाए । प्रहरी सहायक निरिक्षकले चोरेको सम्पूर्ण बिवरण लिएर इलाका प्रहरी कार्यालय पटेर्वालाई चोर बुझाए ।

 

चोर संगबाट भारतीय सीम रहेको मोवाईल र भारतीय नम्बर प्लेटको बुलेट बाइक पनि संगै थियो । उनी पनि भारतीय नागरिक रहेको खुलेको थियो ।

 

८ गते सोमवार पूजा समिति ,चारभैयाको पोष्ट र प्रहरीको संयुक्त टोलीले चोरलाई पटेर्वा प्रहरीको जिम्मा लगाएको थियो ।

 

तर ९ गते मंगलवार प्रहरी निरिक्षक समुन्नत अधिकारीले चोरलाई आफनो कस्टडीबाट मुक्त गरिदिए ।

 

बुधवार निवेदन लिएर कार्यालय पुगेका बुनी साह तेली त्यतीबेला बिलखबन्दमा परे जतिवेला इन्सपेक्टर अधिकारीले चोरलाई छाडेको जानकारी दिए । 

 

अधिकारीले  आफूलाई वीरगंज गहवा निवासी र यादव थर बताउने ति चोरलाई कसको जिम्मा लगाए ? उनी संग फेला परेका मोवाइल र बुलेट बाइक के गरे ? भन्ने प्रश्न पेचिलो बनेको छ ।

 

अधिकारीले २४ घण्टा भन्दा बढी आफूले कसैलाई राख्न नमिल्ने भन्दै चोरलाई छाडेको बताएका छन । उनको यो कामले नागरिकले न्यायको अनुभूती गर्न पाएका छैनन ।

 

 यस बिषयमा आजै इलाका प्रहरी कार्यालय पटेर्वामा थप छलफलकालागि स्थानीय अगुवालाई इन्सपेक्टर अधिकारीले बोलाएको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.