वीरगंज । पर्सा प्रहरीले पटेर्वा सुगौलीमा प्रहरीको छुटै युनिट स्थापना गरेको छ ।
त्यसरी स्थापना गरेको युनिटलाई रंगपुर स्थित वडा नं २ को कार्यालयमा राख्ने तयारी थियो तर स्थानीयले वडाको काम प्रभावित हुने भन्दै कार्यालयमा प्रहरीलाई राख्न नहुने भने पछि उनीहरुको बसाई पटेर्वा स्थित ईलाका प्रहरी कार्यालय पथरैयामा बसाई छ ।
उक्त युनिट हिजै देखी त्यस क्षेत्रमा क्रियाशिल छ ।
प्रहरी निरिक्षकको कमाण्डामा ३० जनाको अतिरिक्त प्रहरी टोली परिचालन भएको छ ।
त्यस क्षेत्रमा रंगपुरमा असई हर्क बहादुर श्रेष्ठको कमाण्डमा एउटा चौकी छ भने पथरैयामा प्रहरी निरिक्षक समुन्नत अधिकारीको कमाण्डमा इलाका प्रहरी कार्यालय छ ।

प्रहरीका कार्यालयमा भएका जनशक्तिको ब्यवसायीक निष्ठामा अनेकौ प्रश्न उठेपछि प्रहरी संगठनले नयाँ युनिट परिचालन गरेको स्रोतले बताएको छ ।
पटेर्वा स्थित इलाका प्रहरी कार्यालय पथरैयाका प्रहरी निरिक्षक अधिकारी पछिल्लो समयमा निकै बिवादमा आएका छन । उनीमाथि गैर कानूनी गतिवधि निर्वाध रुपले हुन दिनकालागि वतावरण बनाईदिएको आरोप लाग्दै आएको छ ।
उनले परिचालन गरेका सादा पोशाकका प्रहरी अवैध रकम असुलीमा संलग्न रहेको गम्भिर आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई जिल्लामा तानेर अनुसन्धान गरिरहेको छ ।
रंगपुर प्रहरी चौकीका कमाण्डर हर्क बहादुर श्रेष्ठ ६ महिना भन्दा बढी रंगपुर चौकीमा बसेता पनि उनले आफनो राम्रो कार्यकुशलता प्रर्दशन गर्न नसकेको उनी सगै काम गर्नेहरु बताउछन ।
उनले अनधिकृत कारोवार रोक्न र त्यसमा संलग्न कुनै पनि ब्यक्तिलाई पक्राउ गर्न नसेकेको भन्दै उनको कार्यक्षमता माथि नै प्रश्न उठाउन थालिएको छ । पथरैयाका प्रहरी निरिक्षक अधिकारी र रंगपुरका असई श्रेष्ठ दुबै जना कार्यसम्पादन मूल्याकंनमा कमजोर देखिएका छन ।
उनीहरुलाई पर्सा प्रहरी कमाण्डले राम्रो काम गर्न पटक पटक निर्देश गरेपनि त्यो अनुसारको कार्य सम्पादन गर्न नसकेको आरोप लागेको छ ।
निर्देशन अनुसारको काम हुन नसकेपछि संगठन भित्रै बिश्वासको संकट पैदा भएकोले अर्को युनिट परिचालन भएको स्रोतको दावी छ ।
यद्धपी पर्सा प्रहरीका प्रवक्ता चक्र मल्लले अपराधिक कारोवारमा संलग्नहरुकालागि “डोमिनेटिङ्ग” वतावरण बनाउन प्रहरी परिचालन गरिएको बताए । उनले यो युनिट अस्थायी रुपमा परिचालन भएको समेत बताए ।
उता पटेर्वाका प्रहरी निरिक्षक अधिकारीले भने तस्कर समात्नकालागि प्रहरी टोली परिचालन भएको स्थानीयसंग बताएका छन ।
स्थानीयका अनुसार रातको समयमा घरमा बसेका मान्छेलाई बारहर निकालेर उनीहरुलाई नियन्त्रणमा लिने प्रहरीको तयारी रहेको उनले बताएका छन ।
नयाँ इन्सपेक्टर पटेर्वा इलाका प्रहरी कार्यालयको कार्यक्षेत्र भित्रको सुरक्षा चुनौती, अनधिकृत कारोवार र त्यसको संजाल सीमा आरपार तस्करीको अवस्था र अन्य शान्ति सुरक्षाका अवस्थाको बारेमा स्थानीयसंग सम्वाद र अन्तरक्रियमा ब्यस्त छन ।
तपाईको प्रतिक्रिया