logo

प्रधानमन्त्री राहतकोषमा रुङ्गटा ग्रुपले  दियो २ करोड र जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

 इसीमाना सम्वाददाता     २०८३ भदौ १४ गते ०६: ३२ मा प्रकाशित     134   पटक पढिएको

वीरगंज । वीरगञ्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि  २ करोड १ लाख सहयोग गरेका छन ।

 

विपत्तिको यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै सरकार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई मुर्लीधर रुङ्गटाले चेक हस्तान्तरण गरेका थिए।

 

 यसैगरि प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

 

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

 

अध्यक्ष यादवका अनुसार विपद् व्यवस्थापन कोषको रकमसँगै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको तलबभत्ता तथा सुविधा बराबरको रकम र कर्मचारीबाट नेपाल सरकारले तोकेबमोजिमको रकम संकलन गरी कुल १५ लाख रुपैयाँ सहयोग गरिनेछ ।

 

विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष यादवले बताए ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवका अनुसार बोर्ड बैठकबाट निर्णय भएको रकम संकलन गरी दुई–तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

 

बाढी प्रभावीत क्षेत्रका नागरिकको राहत उद्धार पूर्नस्थापनाकालागि यस अघि बीरगंजबाट वीरगंज हेल्थकेयर अ्रस्पतालको तर्फबाट त्यसका संचालक डा. अबुल हैस अन्सारीले १० लाख रुपैया सहयोग उपलब्ध गराएका थिए ।

 

वीरगंजको नीजी क्षेत्रको तर्फबाट डा. अन्सारीले सहयोग राशी सबैभन्दा पहिला घोषणा गरेका थिए । त्यस पछि हरि खेतान बहुमुखी क्याम्पस सहितले राहत घोषणा गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.