logo

बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिले  १ करोड ११ लाख सहयोग गर्ने

 इसीमाना सम्बाददाता     २०८३ भदौ १३ गते ०७: ५१ मा प्रकाशित     147   पटक पढिएको

वीरगन्ज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

 

महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा  आकस्मिक बसेको कार्यपालिका बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

 

महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ।

 

जसअनुसार महानगरपालिकाअन्तर्गतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।

 

त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले एक महिनाको तलब तथा सेवासुविधा बराबरको रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय भएको छ।

 

महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकममा समावेश गरिने महानगरपालिकाले जनाएको छ।

 

भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले  कार्यपालिकाको आकस्मिक बैठक बोलाएर आर्थिक सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले जानकारी दिए।

 

उनले विपद्को कठिन समयमा पीडित नागरिकप्रति स्थानीय सरकारको साथ र ऐक्यबद्धता जनाउन सहयोगको निर्णय गरिएको बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.