logo

पटेर्वा प्रहरीको एक्शन, छानी छानी घरको फोटो खिचियो, स्थानीय आक्रोशित

 इसीमाना सम्वाददाता     २०८३ भदौ ११ गते ०९: ०७ मा प्रकाशित     1164   पटक पढिएको

                                                तस्विरः एआईले बनाएको हो

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वाले पटेर्वा सुगौलीकावडा नं १ र २ का केही ब्यक्तिहरुको घरको फोटो खिचेको छ । 

 

इन्सपेक्टर समुन्नत अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घर घरमा गएर फोटो खिचेपछि त्यस क्षेत्रका नागरिकमा प्रहरीको यो कदम प्रति आक्रोश मिश्रीत प्रतिक्रियाहरु सार्वजनीक भएका छन । 

 


अधिकारीको नेतृत्वमा गएको टोलीले घरका महिला र वालवालिकासंग घरका मुल मान्छेले के काम गर्छन ? यो घर कसरी बनाएको हो ? आम्दानीको स्रोत के हो ? भनेर सोधेको स्थानीयले बताएका छन ।

 

प्रहरीले सतार मिया , खुर्शीद आलम सम्शुल मिया लगायत वडा नं १र २ का गरि करिब १० घरको तस्विर लिएको स्थानीयले बताएका छन ।

 

प्रहरीले सामान्य दर्ताकालागि फोटो खिचेको बताएको स्थानीयको भनाई छ । तर प्रहरीको यो कदमले महिला र वालवालिकामा त्रास उत्पन्न भएको छ ।

 

प्रहरीको यो कदम नितान्त नियोजित भएको स्थानीयले बताएका छन । गाँजा कारोवारीसंग आर्थिक नजराना लिएको बिषयमा इन्सपेक्टर अधिकारी बिवादमा तानिएका छन ।

 

उनले आफनो मातहतमा परिचालन गरेका घुमुवाहरु अवैध असुलीको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय पर्साले तानेर छानविन गरिरहेको छ ।

 

यही अवस्थामा केही सीमित घरलाई “टार्गेट” गरिएको भन्दै स्थानीयले प्रहरीको यो कदमको आलोचना गरेका छन । 

 यस बिषयमा इलाका प्रहरी कार्यालयको कार्यवाहक जिम्मेवारीमा रहेका प्रहरी नायव निरिक्षक सुदीप बस्नेतले आफूलाई फोटो खिचिएको बारे केही जनाकारी नभएको बताए ।

 

उनले इन्सपेक्टर अधिकारी आजै बिदा बसेको समेत जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.