बीरगंज । मकवानपुरको हेटौडा ३ का वीर बहादुर मोक्तानको साउनको दोश्रो साता देखी परिवारसंगको सम्पर्क बिच्छेद थियो । परिवारका सदस्यलई उनी पर्सा जिल्लामा आएको त थाहा थियो तर कतै शरीर बन्धक बनाइएको चाही पत्तो पाएका थिएन ।
उनलाई पर्साको पटेर्वा सुगौलीको सोनवर्षाका एक जना गाँजा ब्यापारीले बन्धक बनाएर राखेका थिए । उनी बन्धक रहेकै अवस्थामा उनको श्रीमतीले जिल्ला प्रहरी कार्यालय पर्सामा खोजतलासकालागि निवेदन दिइन ।
भदौको ४ गते इलाका प्रहरी कार्यालय पटेर्वाले पटेर्वा गाउँपालिकाको वडा नं १ कन्चनपुरको नजिकबाट मोक्तानलाई उनको रेखदेखकालागि राखिएको हेरालु सहित उद्धार गरेर कार्यालयमा लग्यो ।
मोक्तान र ति कारोवारीको वीचमा रकमको लेनदेनको मामला थियो । रकम उठाउकालागि मोक्तान बन्धक बनाइएका थिए । उनी एक हिसावमा अपहरणमा परेका थिए ।
प्रहरीले उनको उद्धार त गर्यो तर ब्यवसायीक निष्ठाको अभाव भएका प्रहरी अधिकृतको कारण गाँजाका कारोवारी कानूनको दायरामा आउनबाट सजिलै फूत्किए ।
यो काण्डमा पनि इलाका प्रहरी कार्यालय पटेर्वामा घुमुवाका रुपमा रहेका सुशिल मण्डल र श्रीलाल मण्डलले नै ब्यवसायीक निष्ठाबाट च्यूत हुने वतावरण बनाएको स्थानीयको आरोप छ ।
मोक्तानका बिषयमा इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर समुन्नत अधिकारीले ति ब्यक्तिका बारेमा जिल्ला प्रहरी कार्यालयलाई वास्तविक सूचना नदिएको हुनाले जिल्ला प्रहरी कार्यालय पर्साले मोक्तानलाई त परिवारको जिम्मा लगायो तर उनलाई बन्धक बनाउनेहरुलाई पनि उन्मुक्ति प्राप्त भयो ।
अधिकारी यो बिषयमा प्रतिक्रिया दिनबाट पन्छिएका छन । उनले जिल्ला प्रहरी कार्यालय प्रवक्तासंग बुझ्नु होला भनेका छन ।
उनले घुमुवा मण्डलद्वय अन्य केही ब्यक्तिको प्रयोग गरेर आर्थिक नजराना लिएर यर्थाथ सूचना जिल्ला प्रहरी कार्यालय पर्सालाई उपलब्ध नगराएको स्थानीयको भनाई छ ।
पर्साका प्रहरी उपरिक्षक पवन भट्टराईले समेत आफूलाई मान्छे हराएको र खोजी गर्न अनुरोध गरिएको छ भन्ने सूचना आएको बताए । इन्सपेक्टर अधिकारीले शरीर बन्धक बन्धक बनाएका गाँजा ब्यापारी र केही समय अगाडि पक्राउ परेको गाँजा काण्डमा संलग्न अन्य ब्यक्तिहरुलाई पनि बोलाएर आर्थिक नजराना लिएको उनीमाथि गम्भिर आरोप लागेको छ ।
उनले ति ब्यक्तिहरुलाई उन्मुक्ति दिनकालागि हजारौ रुपैया नजराना लिएको आरोप स्थानीयको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्र मल्लले मोक्तानलाई खोजी गर्न उनको श्रीमतीले दिएको निवेदन अनुसार खोजी गरि परिवारलाई बुझाईदिएको बताए ।
तपाईको प्रतिक्रिया