काठमाडौं । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ।
बैठकपछि ८ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एक ढिक्का हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
साझा संकल्पमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृतिबाट ध्रुव राई,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, अध्यक्ष र जनमतबाट चन्दन सिंहले हस्ताक्षर गरेका छन्।
नेपालका प्रमुख राजनीतिक दलहरूले भोटेकोशीको बाढीका कारण ठूलो क्षति भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।
बिहीबार बिहान भएको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गर्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका हुन् ।
‘अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौं,’ दलका शीर्ष नेताहरूद्वारा हस्ताक्षरि अपिलमा छ ।
तपाईको प्रतिक्रिया