वीरगंज । ३ वर्षिया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी सहित ६ सदस्यीय टोली वार्ताकालागि काठमाण्डौ गएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रालयको सचिवालयका टोलीसंग वार्ता गर्नकालागि उनीहरुलाई बुद्धएयरको उडान मार्फत उनीहरुलाई काठमाण्डौ लगिएको हो । करिब साढे ५ बजे प्रहरीले वार्ता टोलीलाई प्रहरीले बुद्ध एयरमा चढाएको थियो ।
३१ गते घरबाट हराएकी ३ वर्षिया गरिमा चौधरी बलात्कार पछि हत्या गरिएको अवस्थामा एउटा घरमा फेला परेकी थिइन ।
दोषीलाई कडा कारवाहीको माँग गर्दै आन्दोल चर्किको छ । वार्तामा जानु अघि मृतक चौधरीका पिता मनोज चौधरीले आन्दोलनको भावना बिपरित सम्झौता नहुने दृढता ब्यक्त गरेका छन ।
बाराको प्रशासन र स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलवीच भएको बार्ता र त्यसपछिको सहमती प्रति मृतक परिवारले सहमती नजनाएपछि आन्दोलनले देशब्यापी स्वरुप ग्रहण गरेको हो ।
आन्दोलनको फैलाव देशब्यापी भएपछि प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालय हर्कतमा आएको छ । सीमराका आन्दोलनकारीले प्रधानमन्त्री र गृहमन्त्री नै सीमरामा आउनु पर्ने माँग गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया