सीमरा । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ ।
तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।

बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गरेको थियो ।
मृतक बालिकाको परिवार सहभागि नभएको त्यस वार्ताको निष्कर्ष प्रति उनीहरु सहमत हुन सकेनन । मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताए पछि आन्दोलन थप चर्किएको हो ।
अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।

बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भैरहेका छन् ।
मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् । गरिमाको न्यायको लागि भन्दै देशका बिभिन्न ठाउामा स्वस्फूर्त रुपमा प्रर्दशनहरु भइरहेका छन । बुटवल , काठमाण्डौ सर्लाही लगायतका स्थानमा प्रर्दशनहरु भइरहेका छन ।
तपाईको प्रतिक्रिया