वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति संबिधान सभाका सदस्य राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयघात भएको छ।
हृदयघातलगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज लगिएको थियो। उनका साथी प्रकाश अमात्यका अनुसार अमात्यलाई लागेको हृदयघात सामान्य किसिमको रहेकाले उनको स्वास्थ्य अवस्था हाल स्थिर र खतरामुक्त छ।
यद्यपि, थप तथा प्रभावकारी उपचारका लागि उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेको छ। त्यसका लागि मेडिसिटी अस्पतालको हेलिकप्टर काठमाडौंबाट वीरगन्जतर्फ उडिसकेको अमात्याले जानकारी दिए ।
तपाईको प्रतिक्रिया