logo

शान्ति–सुरक्षा कायम,मानवअधिकार  तथा कानुनी शासनको सुदृढीकरण पर्सा प्रहरीको ध्येयः एसपी भट्टराई

 इसीमाना सम्वाददाता     २०८३ सावन २९ गते ०३: ३५ मा प्रकाशित     269   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सबै पक्षको क्षेत्राधिकारको सम्मान गर्दै पर्सा प्रहरीले व्यावसायिक मर्यादा कायम राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालेपछि पहिलोपटक शुक्रबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै एसपी भट्टराईले जनताको जिउधनको सुरक्षा, शान्ति–सुरक्षा कायम तथा कानुनी शासनको सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्ने बताए । 

 

पर्सा खुला सीमासँग जोडिएको सीमावर्ती जिल्ला भएकाले यहाँ तस्करी, सीमापार अपराधलगायतका चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीले व्यावसायिक र प्रभावकारी ढंगले काम गर्ने बताए।

 

खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी तथा अन्य क्रसबोर्डर अपराध नियन्त्रण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने उनको भनाइ थियो। अपराधसँग सम्बन्धित सूचना समयमै प्रहरीलाई उपलब्ध गराएर सहयोग गर्न उनले सर्वसाधारणलाई आग्रह गरे।

 

अन्तरक्रियामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै एसपी भट्टराईले सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणमा स्थानीय नागरिकको सहयोग महत्वपूर्ण हुने बताए। अपराध तथा शंकास्पद गतिविधिबारे समयमै सूचना प्राप्त भए प्रहरीले प्रभावकारी रूपमा नियन्त्रण तथा अनुसन्धान अघि बढाउन सक्ने उनको भनाइ थियो।

 

प्रहरी प्रशासनले शान्ति–सुरक्षा कायम गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले सामाजिक सद्भाव, अमनचयन र कानुनी शासन सुदृढ बनाउन प्रहरी, सञ्चारमाध्यम र नागरिकबीच सहकार्य तथा हातेमालो आवश्यक रहेको बताए।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, विश्व पत्रकार महासंघ एसिया प्रशान्तका सहसचिव दीपेन्द्र चौहान तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले पत्रकारिता स्वतन्त्र र निर्भीक रूपमा सञ्चालन हुने वातावरण बनाउन प्रहरी–प्रेस सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

 

पत्रकारहरूले सीमावर्ती क्षेत्रमा हुने तस्करी, हुण्डी कारोबार, क्यासिनोमा नेपालीको प्रवेश, राजमार्गमा हुने अवैध असुली, लागूऔषधको प्रयोग तथा ओसारपसारलगायतका विषयमा प्रहरी उपरीक्षक भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

 

पत्रकारहरूले विगतमा प्रहरी प्रशासनबाट सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने तथा समाचार लेखेकै विषयमा दबाब सिर्जना गर्ने घटना हुने गरेको गुनासो गर्दै त्यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन आग्रह गरे।

कार्यक्रममा प्रहरी र सञ्चारकर्मीबीच समन्वय, सूचना आदानप्रदान, पत्रकारको सुरक्षा तथा आपसी विश्वास अभिवृद्धि लगायतका विषयमा समेत छलफल भएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.