वीरगंज ( पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आइतबार सडकबाट भारतको मोतिहारी, पटोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी करिब २५ वर्षीय शत्रुघ्न पासवानलाई पक्राउ गरेको हो।
प्रहरीले उनको शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ।
पक्राउ परेका पासवानमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया