बीरगंज । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।
केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो ।
प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए ।
प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलामा उजुरी परेपछि सोधपुछका लागि बोलाइएको बुझिएको छ ।
एसपी कुँवर २०८२ मंसिर ५ गते मानव बेचबिखन अनुसन्धान ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बारामा हाजिर हुन आएका थिए ।
संयोग कस्तो भने उनका पूर्ववर्ती सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर कुँवरलाई बारा पठाइएको थियो । अहिले उनी पनि त्यस्तै बिवादमा परेर तानिएका छन ।
एसपी कुंवर प्रहरी संगठनभित्र प्रदेश नेतृत्वसँगको मतभेद र सीमा क्षेत्रमा तस्करी नियन्त्रणसँग सम्बन्धित विवादमा परेका थिए ।
तपाईको प्रतिक्रिया