logo

नागरिकको अपेक्षा पुरा गर्न सदैव तत्पर रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

 इसीमाना सम्वाददाता     २०८३ असार ३० गते ०९: ३० मा प्रकाशित     216   पटक पढिएको

​वीरगन्ज । वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा र सुरक्षाका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका छन ।

 

​मंगलबार महानगरपालिकामा कार्यरत नगरप्रहरीहरूको रोलकल  गराउने क्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा यस्तो निर्देशन दिएका हुन ।

 

शहरमा भइरहेको सडक विस्तार कार्य र वर्षाको मौसमका कारण आम नगरबासीलाई नगरप्रहरीको विशेष आवश्यकता परेकाले तयारी अवस्थामा रहन भनिएको हो।

 


​रोलकललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले अहिले वीरगन्जबासीलाई हाम्रो ठूलो आवश्यकता छ। सडक विस्तारका कारण शहर केही अस्तव्यस्त बनेको छ ।

 

 

जसले गर्दा नाला व्यवस्थापनदेखि ट्राफिक समस्यासम्म सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्। त्यसमाथि वर्षाको मौसमले चुनौती थपेको छ।

 

यस्तो अवस्थामा आम जनताको अपेक्षामा खरो उत्रिनु हाम्रो दायित्व भएको बताए। उनले  नगरप्रहरीहरूलाई आफ्नो कर्तव्य सम्झिँदै चौबिसै घण्टा नागरिकको सहायताका लागि तयार रहन विशेष जोड दिए ।

 

​त्यसैगरी, रोलकल कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले विभिन्न स्रोत साधनको कमीका बाबजुद नगरबासीको सम्पत्ति र सार्वजनिक साधनको सुरक्षा गर्नु नगरप्रहरीको पहिलो कर्तव्य भएको बताए ।

 

 महानगरपालिकाले चाँडै नै नगरप्रहरीका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता उनले ब्यक्त गरे।

 

​प्रशासकीय अधिकृत बोहराले  जागिरको प्रकृति जस्तो भए पनि सबैको दायित्व एउटै हो। सबैले ‘चेन अफ कमान्ड’  मा बस्न सिक्नुपर्ने बताए ।

 

उनले  नगरबासी र पालिकाको हितका लागि इमानदार भई काम गर्न आग्रह गर्दै आगामी दिनमा अनुशासनहीनता प्रदर्शन गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिए ।

 

​हालको विशेष परिस्थितिमा नगरप्रहरीका विषयमा आएका विभिन्न गुनासोहरूलाई सम्बोधन गर्दै अधिकृत बोहराले नगरप्रहरीलाई कुशलतापूर्वक कार्य सम्पादन गर्न र आगामी गहवामा हुने रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन समेत विशेष निर्देशन दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.