logo

नेता सिंहकाे सवाल जित्नेलाई टिकट दिईदा पनि चुनाव किन हारियाे कमरेड

 इसीमाना सम्बाददाता     २०८३ असार २३ गते १०: ०३ मा प्रकाशित     120   पटक पढिएको

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य अरविन्द सिंहले  एमाले अध्यक्ष के.पी.अेालीलाई चुनाव जित्नेलाई मात्र टिकट  दिईदा पनि चुनाव किन हारियाे भनेर सवाल गरेका छन ।

 

निर्वाचनकाे समीक्षा गर्नकालागि  कार्यदलले पार्टी कार्यालय च्यासलमा आयाेजना गरेकाे बैठकमा सिंले यस्ताे सवाल गरेका हुन ।

 

 उनले जित्नेलाई टिकट दिईयाे तर हारियाे यसकाे जवाफ त अध्यक्षले दिनु पर्ला भन्दै कार्यदलले जवाफ माग्ने अपेक्षा आफूले राखेकाे बताए ।

 

 

सिंहले चुनावताका पार्टी अध्यक्ष र उनका  आसेपासेहरुको गुंइठा र छाउरा जस्ता अभिव्यक्ति मधेशमा चुनाव हार्नुकाे कारण भएकाे बताए ।

 

उनले प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार तथा पार्टी अध्यक्षको फोटो र पोस्टर राखेर किन कसैले चुनाव लडेनन भन्दै प्रश्न गरे 

 

 

नेता सिंहले आन्दोलनमा हत्याहिंसा र नरसंहार को अभियोग लागेको पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा पुनः अगाडि सार्नु कति वस्तुनिष्ठ थियो भन्ने प्रश्न गरे ।

 आम निर्वाचनमा पार्टी अध्यक्षको भुमिका निर्वाचन परिचालनको क्षेत्रीय संयोजक जस्तो देखियो उनले भने ` आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्त कहिँ जानै नसक्ने अवस्था कसरी निर्माण भयो ?

 

 

सिंहले नेपाली कांग्रेस संगको गठबन्धन र सरकार निर्माण र दुइदलीय अवधारणा अघि सार्नु पनि घातक  भएकाे बझाए ।

 

उनले  जेन्जी आन्दोलन पश्चात् भएको ११औं महाधिवेशनले पुनः केपी ओलिलाई नै पार्टी नेतृत्वमा ल्याउनु नै एमाले पराजित हुने प्रमुख कारण भएकाे ठाेकुवा गरे

 

उनले भने अध्यक्ष  केपी ओलि बिरुद्धकाे  आम जनताको आक्रोश नेकपा एमालेविरुद्धमा परिणत भयो जसका कारण हार्नु स्वाभाविक भयो।

 

 नेतृत्व र नेताकार्यकर्ताहरुमाथी दर्जनौं आर्थिक भ्रष्टाचार काण्ड र यौनकाण्डहरुमा हामी आरोपित भएका छौँ उनले भने` ती सबै काण्डहरुको सत्यतथ्य छानबिन गरेर दोषीलाई कार्वाही गर।

 

निर्दोष छन् भने छानबिन समितिले सो कुरा सार्वजनिक गर भन्दा वेवास्ता गरियो। एमाले यस्तै काण्डै काण्ड गर्नेहरूको हालीमुहाली भएको पार्टी हो भन्ने आम बुझाइ बन्यो जसलाई हामीले चिर्न सकेनौं´ ।

 

नेता सिंहले अध्यक्ष अेालीकाे अभिब्यक्ति जनताईलाई कन्भीन्स गर्न हाेईन झन बढी ईरिटेड बनाउन कारक बनेकाे र यिनै कारण चुनाव हार्नु परेकाे बताए ।

 

उनले ठुला र भद्धा किमटीकाे बहस र छलफल चल्न नदिने , निर्देशित र नियंत्रित कमिटी प्रणाली संचालन गर्ने ,जनसंगठनहरु पार्टी अध्यक्ष र वहाँको आसपासमा रहनेहरुको भजनमंडलीमा रुपान्तरण गर्ने र फरक मत राख्नेहरुलाई सामाजिक संजालमा गालीगलौज गर्न दुरुपयोग गर्ने प्रवृितमा निर्ममतापूर्वक सुधार गर्न सुझाव दिए।

 

 

 नेता सिंहले आधारभुत तहका नेताकार्यकर्ता र आम जनताको कुरा पुरै वेवास्ता गर्ने र फर्जी रिपोर्टिङ गर्नेहरुलाई जिम्मेवारीमा ल्याउने  उनीहरुको रिपोर्टिङका आधारमा पार्टी संचालन गर्ने विधि सच्याउन आवश्यक रहेकाे बताए ।

 

उनले अध्यक्ष अेालीले  पार्टी नेतृत्व छोड्नु नै अहिलेको लागि नेकपा एमालेको पुनर्गठनको प्रारम्भ भ६काे बझाए।

 

नेता  सिंहले निर्मम ढंगले हामीले हाम्रा निति , विधि, कार्यशैली , चिन्तन र व्यवहारलगायतका सबै कुरा सच्याउन अझै पहल गर्न सकिएन भने यो भन्दा बदतर अवस्थामा पुग्ने ठाेकुवा गरे

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.