logo

बीरगंज २७ उदयपुरमा धान दिवस, किसानको पीडा सुन्दै महानगरका प्रमुख आलम, परवानीपुर बुनियादको खेतमा किसान महासंघ

 इसीमाना सम्वाददाता     २०८३ असार १५ गते ०२: ४४ मा प्रकाशित     641   पटक पढिएको

​वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवसका अवसरमा रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

 

  यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो।

वीरगंज महानगरपालिकाको वडा नं २७ को उदयपुरघुर्मीमा धान रोपाई कार्यक्रम सम्पन्न भएको हो ।

 

साना किसान कृषि सहकारी संस्थाले ब्यवस्थापन गरेको रोपाईमा पाँच कठ्ठा क्षेत्रफलमा धान रोपाई गरिएको महानगरपापालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्राविधिक प्रभू रामले जानकारी दिए ।  ​

 

कार्यक्रम वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख  इम्तियाज आलमले धान रोपेर रोपाईको शुभारम्भ गरेका थिए । नगरप्रमुख आलमलाई महानगरका प्रमुख प्रशाकीय अधिकृत बसन्त बहादुर बोहोरा, २७ का वडाध्यक्ष ह्रदयनारायण कुर्मी, स्थानीय किसाज र महानगरका कर्मचारीहरुले साथ दिएका थिए ।

 

May be an image of one or more people and text
रोपाई कार्यक्रममा स्थानीय किसानले आफनो वडा कृषि पेशामै निर्भर रहेको चर्चा गर्दै महानगरलाई उपेक्षा नगरिदिन आग्ह गरेका थिए । उनीहरुले मलखाद्यको आपूर्ती ब्यवस्था सहज र शुलभ रुपमा उपलब्ध हुने ब्यवस्था मिलाईदिन समेत आग्ह गरेका थिए ।

 

स्थानीय किसान नेमीलाल साहले श्रम र पसिना खर्चेर अन्न उत्पादन गर्ने किसानको जीवनमा दुःख मात्र रहेको चर्चा गर्दै स्थानीय सरकारलाई किसानको पीरमर्कामा मलहम लगाउन आग्रह गरेका थिए । 


​महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले  कार्यक्रम आयोजना गरेको बताएको छ। असार १५ को मौलिक परम्परालाई जोगाउँदै व्यावसायिक कृषितर्फ अघि बढ्न कार्यक्रमले स्थानीय कृषकहरूलाई थप ऊर्जा दिएको शाखाले बिश्वास लिएको जनाएको छ ।

 

​कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोप्नुका साथै असार १५ को परम्परा अनुसार सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा खुशी साटासाट गर्दै हर्षोल्लासका साथ दिवस मनाएका थिए।

 


यसैगरि बाराको परवानीपु गाउँपालिका वडा नं १ मा बुनियादमा पनि अखिल नेपाल किसान महासंघको आयोजनामा धान दिवस मनाइएको छ ।

May be an image of one or more people and text

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवं मधेश इन्चार्ज उमेश गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी उपाध्यक्ष सुगान्धी देवी लगायत जनप्रतिनिधि  किसान र कर्मचारीको सहभागिता रहेको थियो र

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.