वीरगंज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जनताको बहुदलीय जनवादको सान्दर्भीकता झनै बढेर गएको बताएका छन ।
मदन भण्डारी फाउन्डेसन पर्साले भण्डारीको ७५ औ जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्वाद कार्यक्रमलाई वीरगंजमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
पार्टीको पूर्व पोलिटब्यूरो सदस्य समेत रहेका नेता पौडेलले जनताको बुहदलीय जनवादको अन्तरबस्तुका बारेमा चर्चा गर्दै पार्टीको सातौ राष्ट्रीय महाधिवेशनले मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको बताए ।
उनले ०४६ सालाको चौथो राष्ट्रीय महाधिवेशनबाट पार्टी शान्तिपूर्ण संक्रमणको बाटोबाट अगाडि बढ्ने निष्कर्षमा पुगेको स्मरण गरे ।
नेपालको कम्युनिष्ट आन्दोलनको बस्तुगत अवस्था, अन्तराष्ट्रिय परिवेश, बिश्व कम्युनिष्ट आन्दोलनको अवस्थाको समग्र संष्लेषण पछि पार्टी त्यो निष्कर्षमा पुगेको बताए ।
नेता पौडेलले पार्टीको पाँचौ राष्ट्रीय महाधिवेशनले कार्यक्रमका रुपमा स्वीकार गरेको र छैठौ महाधिवेशनले नविन बिचारका रुपमा स्वीकार गर्दै सातौ राष्ट्रिय महाविेशनले मार्गदर्शक सिद्धान्तको रुपमा पारित गरेको बताए ।
उनले जनताको बहुदलीय जनवाद रुपमा बहुदलीयता भएपनि सारमा जनताको जनवाद नै रहेको बताए ।
उनले जनताको बहुदलीय जनवादको सार सामन्ती शोषण र उत्पीडनबाट मुक्ति , राष्ट्रिय पूजीको बिकास, समाजवादको आधार निर्माण र त्यसपछि समाजवादमा संक्रमणका स्टेपहरु रहेको बताए ।
नेता पौडेलले सातौ राष्ट्रिय महाधिवेशनले पारित गरेको मार्गदर्शक सिद्धान्त अनुरुपको कार्यनीति अवलम्बन गर्न नसकिएकोले समस्या आएको बताए ।
उनले मार्क्सवादले वर्गीय मुक्तिको कुरा गर्ने बताउदै जनताको बहुदलीय जनवादको बर्ग पक्षरता नमरेको तर हाममीले त्यो कुरा ब्यवहारमा बिर्सिएकोले जनताको कहुदलीय जनवादलाई बिभिन्न रंग रुपको आरोप लगाउने गरिएको बताए ।
उनले बहुदलीय जनवादले बहुदलीयतालाई स्वीकार गरेको अवस्थामा पार्टी भित्र भिन्न बिचार राख्न पाउने सम्मको अभ्यासलाई नियन्त्रण र नियोजन गरेर सिद्धान्त बिरोधी काम गरिएको बताए ।
नेता पौडेलले पार्टी भित्र टिकट देखी टिकट सम्म चुनाव देखी नचुनाव सम्मको प्रवृति हावी भएकोले पनि समस्या देखा परेको बताए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगीले जनताको बहुदलीय जनवादको प्रतिपादनले तत्कालीन परिवेशमा कम्युनिष्ट आन्दोलनलाई रक्षा गरेको बताए ।
उनले पार्टीभित्र जवजको मर्म बिपरित गलत प्रवृति मौलाएको चर्चा गर्दै त्यसलाई करेक्सन गर्दा भविष्य सुन्दर बनाउन सकिने बताए ।
उनले अहिलेको धक्क क्षणीक भएको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले जनताको मन र भरोसा जित्ने दावी गरे ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेता तथा जीतपुर सीमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले नेपालका कम्युनिष्टपार्टीहरु आफ्ना परम्परागत बिचारबाट अगाडि बढ्न नसकेको बताए।
उनले सशस्त्र जनयुद्धको बाटोबाट अगाडि आएको माओवादीले जनताको बहुदलीय जनवादलाई युरो कम्युनिज्मको भर्सनका रुपमा लिने गरेको सुनाए ।
उतीबेला संशोधनवाद भन्थ्यौ उनले भने तर आज मिल्न हुने, नहुने सबै संग मिलेको छ चुनाव पनि लडेको छ सरकार पनि बनाएको छ तर सैद्धान्तिक बिषयमा सिफ्ट हुन नसकेको चर्चा गरे ।
नेपाली कम्युनिष्ट पार्टीका नेता बालगोपाल थापाले जनताको बहुदलीय जनवादको बिकासको पृष्ठभूमीका बारेमा चर्चा गरेका थिए ।
उनले जनताको बहुदलीय जनवाद पूंजीवादी कार्यक्रम नै भएको चर्चा गर्दै यसको कार्यान्यवनमा खेलाँची गरिएको चर्चा गरे ।
नेता थापाले सिद्धान्त र ब्यवहार वीचएकरुपता नभएको चर्चा गर्दै कुरा गरीवको मुक्तिको गर्ने ब्यहार चाही दलाल पूजीवादीहरुसंग साठगाँठ गर्ने गरिएकोले नै समस्या पैदा भएको बताए ।
प्राध्यापक वीरेन्द्र शाहले बिश्व कम्यनिष्ट आन्दोलन रक्षात्मक भइरहेको बेला मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताए ।
उनले जनताको बहुदलीय जनवाद आधारभूत तहका जनताको दैनीकमा छ की छैन आजको दिनमा त्यो हेर्न जरुरी रहेको बताए ।
उनले प्रश्न गर्ने संस्कृतिलाई पावन्दी लगाइएको बताउदै प्रश्न गर्न नपाउने हो भने त्यो कम्युनिष्ट पार्टीको रुपमा रही नरहने भन्दै जनताको बुहदलीय जनवादको मर्ममाथि त्यसैलाई मार्गदर्शन सिद्धान्त मान्नेहरुबाट निरन्तर आक्रमण भइरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछानले कम्युनिष्ट कार्यकर्ता र नेतामा नवधनाढ्य शैली, विलासी जीवन र तडकभडक बढेकोले सर्वसाधारण जनता र पार्टीबीच दूरी बढेको बताए ।
उनले नेता कार्यकर्ताहरूलाई समाजमा सादगी, पारदर्शी र नैतिक आचरणमा फर्काउननसके नेकपा एमाले झनै संकटबाट गुज्रीनु पर्ने बताए ।
उनले ठेकेदार, मेडिकल माफिया वा व्यावसायिक बिचौलियाहरूको प्रभावबाट एमालेले आफूलाई मुक्त राख्न सक्नु पर्ने बिचार ब्यक्त गरे ।
जनताको बुहदलीय जनवादले जनताको सेवक हुुन पर्ने कुरा सिफारिश गरेता पनि बिशेष गरि जनप्रतिनिधिमुलक निकायमा गएका एमाले नेताहरु शासक बनेर निस्किएकोले जनताको माँझबाट टाँढीएका बताए ।
जसरी पनि सत्तामा पुग्ने वा टिकिरहने दाउपेचका लागि वैचारिक रूपमा विल्कुल विपरित ध्रुवमा रहेका दलहरूसँग बारम्बार गरिने अपारदर्शी गठबन्धनले एमालेको आफ्नै वैचारिक साख कमजोर भएको समेत उनले बताए ।
संयोजक लामिछानेले पार्टीभित्र नेतृत्वको निर्णयमाथि प्रश्न उठाउने वा रचनात्मक आलोचना गर्ने वातावरण संकुचित हुँदै गएकोले कम्युनिष्ट पार्टीलाई जनताबाट टाँढा लगेको कुरालाई बेलैमा बुझ्न सक्दा राम्रो हुने बताए ।
फाउन्डेसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कमलेश गुप्ता र स्वागत मन्त्ब्य फाउन्डेसनका पर्सा इन्चार्ज ठाकुर न्यौपानले गरेका थिए ।
कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य अरविन्द सिंह नेकपा एमालेका मधेशप्रदेश सदस्य मन्तुरा चौधरी, नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेशका अध्यक्ष लालबाबु शेख, पर्सा अध्यक्ष निरन्जन मिश्र लगायतको सहभागिता रहेको थियो
तपाईको प्रतिक्रिया