logo

ठोरी गाउँसभाबाट  नीति तथा कार्यक्रम सर्वसम्मत पारित,बिभिन्न क्षेत्रका उत्कृष्टहरु सम्मानीत

 इसीमाना सम्बाददाता     २०८३ असार ७ गते ०८: १६ मा प्रकाशित     291   पटक पढिएको

वीरगंज । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, सुशासन, सामाजिक विकास, वातावरण संरक्षण तथा आर्थिक समृद्धिलाई ठोरी गाउँपालिकाले आफ्नो प्रथामिकतामा राखेको छ । 

 


१५ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रथामिकताका क्षेत्रहरु सार्वजनीक गरेका हुन । गाउँसभामा श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको छ ।

 

गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले ठोरीको समग्र विकासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ  ।

 

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँसभामा मा जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला बिक, पालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 


कार्यक्रममा अवकाशप्राप्त शिक्षक गणेशप्रसाद सापकोटा र खड्कबहादुर खड्का तथा विद्यालय कर्मचारी अमृतबहादुर कठायत, भीमलाल श्रेष्ठ र हिरामती खवासलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी २०८२ सालको , कक्षा १२ र कक्षा ८ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू अंशु खनाल, अन्जान अर्याल, जानकीकुमारी चौधरी, प्रतीक्षा पौडेल, सर्वोत्तम कार्की र खुसी काफ्लेलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो ।


ठोरी गाउँपालिकाद्वारा आयोजित टिकटक प्रतियोगिताका विजेताहरू ललिता क्षेत्री, नयाँ ठोरी र विवेक क्षेत्रीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

 

सामुदायिक विद्यालयमा अध्ययन गरेका आफ्ना तीनै छोरालाई पूर्ण छात्रवृत्तिमा एमबीबिएस अध्ययन गराउन  सफल बनाएका  शिक्षक दलबहादुर स्याङ्बोलाई  १ लाख नगदसहित सम्मान गरिएको थियो ।

 

आर्थिक वर्ष २०८२र०८३ का उत्कृष्ट कर्मचारी सूचना प्रविधि अधिकृत राजाबाबु पटेललाई  ४३ हजार ६ सयसहित सम्मान प्रदान गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.