logo

७ गते देखी सडक डिभिजन घर टहरा हटाउन सक्रिय हुने, महानगरसंग माग्यो सहयोग

 इसीमाना सम्वाददाता     २०८३ असार ५ गते ०८: १५ मा प्रकाशित     114   पटक पढिएको

वीरगञ्ज । सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभूवन राजपथ सडकखण्डको गण्डक चोक देखी वीरगंज रक्सौल जोडने मितेरी पुल सम्मको सडक बिस्तारको कामलाई पूनः निरन्तरता दिने भएको छ । 

 


यस अघि सडक डिभिजन कार्यालय हेटौंडाले गत बैशाख ६ गते त्रिभूवन राजपथको गण्डक मितेरी पुल सडक खण्डको अतिक्रमण हटाउन डोजर चलाएको थियो । 

 


यस अघि पनि बिभागले  ७ दिन भित्र गण्डक मितेरी पुल सडकखण्ड त्रिभूवन राजपथको सडक केन्द्बाट दायाँ बायाँ २५÷२५ मिटर अतिक्रमण खाली गर्न एक सूचना प्रकाशीत गरेको थियो ।

 

सडकखण्डका कतिपय जग्गाधनीहरुले त्यसमा बनेको घर टहरा हटाउदै आएका पनि छन ।

 

सडक डिभिजन कार्यालयले बैशाखमा तोडफोड गरेपछि मुख्य सडकका ब्यापार ब्यवसाय संचालन गर्दै आएका ब्यवसायीहरु , घरधनीहरुले आफूहरुले समस्या भोग्नु परेको भन्दै सरकार बिरुद्ध आन्दोलन समेत गर्दै आएका छन ।

 

एकतिर आन्दोलन अर्को तर्फ डिभिजनको निष्क्रियताले अन्यौलता सृजना गरेको थियो । यहीवीचमा सडक डिभिजन कार्यालय हेटौडाले सूचना निकालेर घरधनीहरुलाई घर टहरा हटाउन सूचीत गरेको हो । 

 


 सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमार्फत सडक डिभिजन हेटौंडाले मिति २०८३ असार ५ गते वीरगञ्ज महानगरपालिकालाई पत्र पठाएको जनाएको छ।

 


डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित पत्रमा मिति २०८३ असार ७ गतेदेखि त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका स्थायी तथा अस्थायी घरटहरा हटाउने कार्य गरिने उल्लेख गरिएको छ।

 

सडकको निर्धारित सीमाभित्र रहेका संरचना हटाउने क्रममा शान्ति–सुरक्षा व्यवस्थापन, समन्वय तथा आवश्यक सहजीकरणका लागि वीरगञ्ज महानगरपालिकासँग सहयोग माग गरिएको पत्रमा उल्लेख छ।

725160130_10232132468601550_6578543773184869962_n.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.