logo

सखुवा प्रसौनीको गाउँ सभामा  ४६ करोडको बजेट पेश,आगामी शैक्षीक सत्रबाट अग्रेजी माध्यममा अध्यापन हुने

 इसीमाना सम्वाददाता     २०८३ असार ३ गते ०६: ४० मा प्रकाशित     333   पटक पढिएको

वीरगंज । सखुवा प्रसौनी गाउँपालिकाको १७औँ गाउँसभामा ४६ करोड ३७ लाख ८२ हजार ५ सय २० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

 

गाउँपालिकाका लेखा प्रमुख सुमन शाहले आर्थिक वर्ष २०८३र०८४ का लागि सभामा बजेट प्रस्ुतत गरेका हुन । 

सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ करोड १३ लाख २० हजार ५ सय २० रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

 


अधिवेशन गाउँपालिका अध्यक्ष जस्वन्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो। गाउँपालिका कार्यालय परिसरमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८३र०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । 

 

गाउँसभामा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा गाउँसभा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिका उपाध्यक्ष शर्मिला विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

 

गाउँपालिका अध्यक्ष जस्वन्त यादवले आगामी वर्षमा सामुदायिक विद्यालयहरूको प्रारम्भिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिने तथा प्राविधिक शिक्षालाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।

 

साथै, बेरोजगार युवा युवतीलाई लक्षित गरी सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नीति लिइएको  जानकारी दिए ।

 

 

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत, र संचालन सामाजिक विकास शाखा प्रमुख विनोदप्रसाद यादवले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.