logo

आर्थिक बिकासमार्फत लोकतन्त्रको सवलीकरणका बिषयमा वीरगंजमा राजनीति तथा आर्थिक सम्वाद सम्पन्न

 इसीमाना सम्वाददाता     २०८३ असार २ गते ०७: ४२ मा प्रकाशित     179   पटक पढिएको

वीरगंज । लोकतन्त्रको सवलीकरणकालागि आर्थिक बिकासका बिषयमा वीरगंजमा  आर्थिक तथा राजनीतिक सम्बाद सम्पन्न भएको छ । 

 

 कार्यक्रममा नेपालमा आर्थिक विकास र लोकतान्त्रिक अभ्याससम्बन्धी लामो समयदेखि चल्दै आएको बहस, हालैको युवा आन्दोलनले उठाएका सवाल तथा आर्थिक–राजनीतिक क्षेत्रका विद्यमान चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। 


संवादमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. अच्युत वाग्लेले नेपालको आर्थिक बिकासका बिषयमा बिस्तृत जानकारी गराए ।

No photo description available.

उनले निर्यात ब्यपारको मात्रा नबढ्दा सम्म आर्थिक बिकास र त्यसको माध्यमले लोकतन्त्रको सवलीकरणको बिषय पुरा हुन नसक्ने बताए ।


कार्यक्रममा सुशासन नीति निर्माण र कानून निर्माणको प्रक्रियाका माध्यमले लोकतन्त्रको मजवुतीकरणका बिषयमा ठाकुरराम बहुमखी क्याम्पसका प्राध्यापक बिनय मिश्रले कार्यपत्र पेश गरेका थिए ।

 

उनको कार्यपत्रमा सिद्धार्थ इन्टरनेशनल कलेजका अध्यक्ष डा.सुष्मा द्विवेदी टिप्पणी गरेकी थिइन ।

 


अहिलेको लोकप्रियतावाद  सामाजिक न्याय र सशक्तिकरणका बिषयमा पत्रकार आरती चटौतले कार्यपत्र पेश गरेकी थिइन भने उनको कार्यपत्रमाथि डा. दीपेन्द्र चौधरीले टिप्पणी गरेका थिए ।

 

चटौतले कार्यपत्र मार्फत मधेशले नेपालको राजकीय सत्ता, कर्मचारीतन्त्रमा प्राप्त गरेको अवसरलाई बिश्लेषण गर्दै सामाजिक न्याय र सशक्तिकरणका सूचकहरु अझै कमजोर रहेको चर्चा गरेकी थिइन ।

 


कृतिम बुद्धिमताको यो युगमा प्रजातन्त्र र आर्थिक बिकासका बिभिन्न पक्षहरुको बारेमा प्राध्यापक कपिल अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्राध्यापक  लक्ष्मी कर्णले टिप्पणी गरेकी थिइन ।


वक्ताहरूले आर्थिक विकासका सूचकमा सुधार देखिए पनि त्यसको प्रतिफल समाजका सबै वर्गमा समान रूपमा पुग्न नसकेको बताएका थिए।

 

लोकतान्त्रिक प्रणालीले नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले लोकतन्त्रलाई थप समावेशी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रममा प्राध्यापक बिनोद गुप्ता,राजेन्द्र कोइराला पत्रकार के.सी.लामिछाने, निरज पिठाकोटे, त्रिलोकी यादव युवा अभियान्ता कमल चौगाई, गीता भण्डारी,नमोनारायण गुप्ता लगायतले आफनो जिज्ञासा र बिचार राखेका थिए ।

 

कार्यक्रमको उद्धेश्यका बिषयमा फेडरिक इवर्ट स्टीफटुङ नेपालका चन्द्रदेभ भट्टले प्रकाश पारेका थिए  ।

 

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य आर्थिक विकास र लोकतान्त्रिकीकरण प्रक्रियासँग सम्बन्धित विषय तथा चुनौतीहरूको अध्ययन गरी प्राप्त सुझावलाई नीतिगत तहमा प्रतिबिम्बित गराउनु हो।
 
संवाद कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.