logo

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने सरकारी षडयन्त्रका बिरुद्ध पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा दिए धर्ना

 इसीमाना सम्वाददाता     २०८३ जेठ २९ गते ०४: ३३ मा प्रकाशित     287   पटक पढिएको

वीरगन्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारको नियन्त्रणका बिरुद्ध नेपाल पत्रकार महासंघ बारा र पर्सा शाखाले  जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका दिएका छन ।

 

सरकारले बिज्ञापन प्रकाशनमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघको आव्हानमा देशैभरि पत्रकारहरु आन्दोलनमा छन । 

May be an image of one or more people, temple and text that says '天入 जल्ल नेपाल पत्रकार महासंघ कायलिय कलेयाबारा वारा शाखा सरकारको विमेदकारी विझ्ञापन निति बिरुद्र धर्ना कार्यक्रम अवि: २०८३/०२/શ९ মि:२०८३/०શ/શણ /શ੯ /0 ยเข็กแทก แช็งทนกี'

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेृत्वमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार  बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् ।

 

 त्यस्तै बाराका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा बारा जिल्ला प्रशासन कार्यालयमा पनि बिहान १० बजेदी ११ बजे सम्म धर्ना दिएको थियो ।

 

बाराको धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय लेख समितिका संयोजक के.सी.लामिछानेले बिज्ञापन बितरणमा सरकारले लिएको नीति प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचन गर्न उद्धत रहेको बताए ।

 

उनले सरकार अधिनायकवादी दिशामा गएको चर्चा गर्दै प्रेसमामि आर्थिक नाकाबन्दी लगाएको बताए । उनले सरकार संख्याको हिसावले इतिहासकै बलियो भएपनि नैतीकताका हिसावले इतिहासकै सबै भन्दा कमजोर रहेको बताए ।

 

उनले बजेट मार्फत गरिब जनतालाई झन बढी करको भार थोपरेर सरकार हुने खानेको सेवामा लिन रहेको बताए ।

May be an image of ‎one or more people, temple and ‎text that says '‎जलल مست नेपाल पत्रकार महासंघ कार्यालय कलेया बारा सरकारको विमेदकरी बारा शाखा हर्বে का विज्ञापन निति विरुद् हाना मेति: मेति:શ० ২. कम הוחווויווה タ高ラダ‎'‎‎

संयोजक लामिछानेले आर्थिक उदारवादी नीतिको खिलाफमा गएर सरकारले  निरंकुशता लादेको बताउदै आन्दोलनलाई आम जनताको वीचमा लैजाने आवश्यकता रहेको बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जार, कोषाध्यक्ष अनिल गौरब ,अध्यक्ष रमेश सुवेदी र सचिव पुष्पराज खतिवडाले पनि आन्दोलनको मजवुतीकरणको बिषयमा चर्चा गरेका थिए ।

 


यता पर्सामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए ।

 

 

उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।

 

पत्रकार महासंघका लेखा समिति संयोजक के.सी. लामिछानेले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय अधिनायकवादी सोचको उदाहरण भएको बताए ।

 

 उनले विज्ञापनदाता संस्थालाई आफ्नो आवश्यकता र इच्छाअनुसार सञ्चारमाध्यम छनोट गर्ने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले उक्त अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए ।

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत १८ गते जारी गरिएको पत्राचारका कारण देशभरका सञ्चारगृह प्रभावित भएको बताए । उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णय जनविरोधी रहेको भन्दै तत्काल फिर्ता लिन माग गरे । 
 WhatsApp-Image-2026-06-12-at-11.28.51-AM-1781248908.jpeg

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार प्रेसमाथि नियन्त्रण कायम गर्ने दिशामा अघि बढिरहेको आरोप लगाए । उनले २०६० सालमा तत्कालीन राजतन्त्रले लोकतन्त्रमाथि हस्तक्षेप गर्दा सबैभन्दा पहिले सञ्चारमाध्यमलाई निशाना बनाइएको स्मरण गर्दै अहिले पनि मिडियामाथि नै प्रहार हुन थालेको बताए ।

 

“यो सरकारको स्वेच्छाचारी र निरंकुश अभ्यासको प्रयास हो । तर मिडियाले सरकारलाई निरंकुश बन्न कहिल्यै दिँदैन,” अध्यक्ष खनालले भने । उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.