वीरगंज । निर्वाचन अघि रास्वपामा प्रवेश गरेर सांसद भएकाहरुको गठबन्धनलाई परास्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको सभापतिमा हरि पन्तले निरन्तरता पाएका छन ।
साँसदरु सुशिल साह कानु, रामाकान्त चौरसिया र टेक बहादुर शाक्यको एउटै गठबन्धन थियो । त्यो गठबन्धनको उम्मेदवार थिए सुशिल साह कानु ।
निर्वाचनका हरेक प्रक्रियामा अत्तो थापेर आफनो भौतीक उपस्थिति देखाउदै आएको यो समुहको कार्यशैलीलाई पार्टीका कार्यकर्ताले अस्वीकृत गरिदिएका छन ।

पार्टी निर्माणमा खटेको पक्षले नै पार्टीको श्रस्बशृद्धिमा काम गर्न सक्ने बिश्वास मतदाताले मत मार्फत जाहेर गरेका छन ।
नयाँ नेतृत्व चयन गर्नकालागि भएको निर्वाचन अत्यन्तै तिक्ततापूर्ण अवस्थामा भएपनि पार्टी कार्यकर्ताहरुको मत भने पार्टीको संस्थापन पक्षमा जाहेर भएको छ । यसले हुल हुज्जत आतंक मारपीटले पार्टीको नेतृत्वमा स्थापित हुन नसक्ने सन्देश दिएको छ ।
नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले सबै प्रमुख पदमा विजय हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको छ ।
निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए । पन्तले ४८ मतको फराकिलो अन्तरले जीत निकालेका हुन् ।
उपसभापति पदमा पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरेका थिए ।
सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी शिवकुमार साहले ११६ मत प्राप्त गरे । सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा निरजकुमार साह ११३ मतमा सीमित भए ।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सर्वाधिक १६० मत प्राप्त गर्दै सर्वाधिक लोकप्रिय उम्मेदवार बनेकी छन् । सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन् ।
निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ । पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व र कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
यसैवीच नव निर्वाचित सभापति एवं पसाृ क्षेत्र नं १ का साँसद हरि पन्तले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम एतिहासिक जिल्ला अधिबेशनले मलाई ४८ मतको मतान्न्तरणले सभापति पदमा निर्बाचित भएको उल्लेख गरेका छन ।
उनले आफूलाई सभापतिमा निर्वाचित गराउन योगदान दिने सम्पुर्ण प्रतिनिधिहरु , केन्द्रिय संगठन बिभाग , निर्वाचन समिति एबम शुभेच्छुकहरु प्रती हार्दिक आभार प्रकट गर्दछु भनी लेखेका छन ।

तपाईको प्रतिक्रिया