logo

सरकारको बिभेदकारी बिज्ञापन नीति बिरुद्धको पर्सा र बारामा संकलीत हस्ताक्षर प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पठाइयो

 इसीमाना सम्वाददाता     २०८३ जेठ २५ गते ०६: ०१ मा प्रकाशित     362   पटक पढिएको

वीरगञ्ज । नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष पठाइएको छ।

 

 

महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको सञ्चारकर्मीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई ज्ञापनपत्र बुझाएको थियो।

 

 

ज्ञापनपत्रमा सरकारले लागू गरेको सूचना तथा विज्ञापन नीतिले विशेषगरी स्वरोजगारमुलक सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने उल्लेख गर्दै नीति पुनरावलोकन गरी संशोधन गर्न माग गरिएको छ।

 

विज्ञापन वितरण तथा सरकारी सूचनाको पहुँचमा असमानता सृजना   गर्ने परिपत्रले स्थानीय सञ्चारमाध्यमको अस्तित्व नै संकटमा पार्न सक्ने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

 

सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, समान अवसर र सञ्चारमाध्यमको दिगो विकासका लागि विभेदकारी व्यवस्था हटाउनुपर्ने आमाँग गर्दै आएका छन। 

 

कार्यक्रममा सहभागीहरूले लोकतान्त्रिक समाजमा स्वतन्त्र र सशक्त सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारले मोफसलका सञ्चारमाध्यमको हित संरक्षण हुने गरी नीति निर्माण गर्नुपर्ने धारणा राखेका थिए।

 

महासंघका प्रतिनिधिहरूले पर्साबाट उठेको आवाजलाई सरकारले गम्भीर रूपमा ग्रहणगरी सूचना तथा विज्ञापन नीतिमा आवश्यक सुधार तथा संशोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

यसैगरि बारमा पनि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिक्ेन्द्र पासवानको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत बारा जिल्लामा संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाएका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.