वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।
झुटा कागजातका आधारमा छोरीलाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा वीरगंजका मेयर राजेशमान सिंह सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्धा दायर पछि मेयर सिंह सहितका कर्मचारीहरु निलम्बनमा परेका छन ।
मुद्दामा मेयर सिंह, रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, तथा षडकुमार पोखरेललाई प्रतिवादी बनाइएको छ। साथै छानबिन समितिका संयोजक पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाइएको छ।
यसअघि पक्राउ परेका मेयर सिंह धरौटीमा रिहा भइसकेका छन्। उनी भ्रष्टाचारको आरोप खेप्ने वीरगञ्ज महानगरपालिका का पहिलो मेयर बनेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिश्ष अदालतमा मुद्धा दायर गर्दै भ्रष्टाचार निवार ऐनको दफा ९ ,११ र १२ बमोजीमको कसुरमा सोही ऐनको दफा अनुरुपको कैद र जरिवाना सजाय र दफा १९ को उपदफा बमोजीम समेतको सजायको माँगदावी लिएको छ ।
तपाईको प्रतिक्रिया