logo

मधेश प्रदेश सभाका सदस्य सिहं भ्रष्ट ठहर,४ वर्ष १ महिना कैद सजाय

 इसीमाना सम्बाददाता     २०८३ जेठ २० गते ०५: ४४ मा प्रकाशित     327   पटक पढिएको

काठमाडौं। विशेष अदालतले घुस तथा कमिशन लिएको ठहर भएका मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद सजाय सुनाएको छ।

 

 विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले यसअघि सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा दोषी ठहर गरेको हो। सोही मुद्दामा सजाय निर्धारण गर्दै अदालतले ४ वर्ष कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

 

 अदालतका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिशनबापत प्राप्त गरेको ३८ लाख ५० हजार १३९ रुपैयाँलाई भ्रष्टाचारको बिगो कायम गरिएको छ।

 

उक्त रकम बराबरको जरिवाना तोकिएको छ भने सोही रकम जफत हुने आदेश पनि गरिएको छ।

 

 वारदातका बेला सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप सजायसमेत निर्धारण गरिएको अदालतले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.