काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज संसदमा नेपालले भारतको भूभाग अतिक्रमण गरेको अभिब्यक्ति दिएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
नेपालले भारतको एक इन्च भूमि पनि मिचेको कतै अभिलेख नभए पनि प्रधानमन्त्री वालेन्द्रले आज संसदमा बोलेको कुराले उनी चरम विवादमा तानिएका छन् । र, उनले यस्तो राष्ट्रघाती अभिब्यक्ति दिएर अपराध गरेको आरोप समेत लाग्न थालेको छ ।
यसैक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले मिचेको भूभाग फिर्ता ल्याउन पहल नगरी उल्टै मिचेको अभिब्यक्ति दिएको भन्दै शाहलाई हुतिहारा प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
हर्कले लेखेका छन्–भारतले मिचेको भूभाग फिर्ता गर्न पहल गर्नु छैन नेपालले उल्टो मिचेको रे इतिहासकै हुतिहारा प्रधानमन्त्री टुङ्लुङ टुङ्लुङ पार्टीको भिजनवाला प्रधानमन्त्री
तपाईको प्रतिक्रिया