logo

मानवसेवा आश्रम वीरगञ्ज शाखाको ९औँ वार्षिक उत्सव  विविध कार्यक्रमका साथ मनाइयो

 इसीमाना सम्बाददाता     २०८३ जेठ ८ गते ०८: ३८ मा प्रकाशित     303   पटक पढिएको

वीरगंज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आफ्नो ९औँ वार्षिक उत्सव समारोह विविध कार्यक्रमका साथ मनाएको छ।

 

 २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै औपचारिक रूपमा स्थापना भएको आश्रमले नौ वर्ष पूरा गरेको अवसरमा आफ्नो सेवा यात्रा स्मरण गरेको हो।

 

मानवसेवा आश्रम वीरगञ्जको प्रारम्भिक उद्धार अभियानमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लाल बहादुर गुरुङ्ग, विजय ठाकुर तथा अंशु कार्की लगायतको सक्रिय सहभागिता रहेको थियो।

 

स्थापनाकालदेखि २०७९ सालसम्म वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरबाट सञ्चालन हुँदै आएको आश्रम हाल वीरगञ्ज–२५ श्रीसियामा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

 

 प्रदेश सांसद रमेश पटेलको पहलमा वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा आश्रम स्थानान्तरण गरिएको हो। साथै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत सुरु भइसकेको आश्रमले जनाएको छ।

विशुद्ध गैरनाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित मानवसेवा आश्रमले २०६९ सालदेखि देशभर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ।

 

२०७३ साल साउन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको संस्थाले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आएको छ।

 

हाल मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने उद्देश्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको जनाएको छ।

 

मानवसेवा आश्रम वीरगञ्ज शाखाका अनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको पारिवारिक पुनर्मिलन गरिएको, ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको तथा ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको जानकारी दिइएको छ।

 

 यस्तै ४१ जनाले आश्रममै अन्तिम श्वास लिएको उल्लेख गरिएको छ। हाल श्रीसिया स्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।

 

आश्रमका संस्थापक देवेश गुप्ताले मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताए । उनले  आश्रम कुनै एक व्यक्ति वा दाताको भरमा नभई समाजका सबै वर्गको सहयोगबाट अघि बढिरहेको उल्लेख गरे ।

 

“बिहान–बेलुका मजदुरी गरेर गुजारा चलाउने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी र गृहिणीसम्म सबैले आफ्नो क्षमता अनुसार साथ र सहयोग गरिरहनुभएको छ,” उनले भने , “पर्सा–बारावासीको माया, विश्वास र साथ बिना यो ९ वर्षको यात्रा सम्भव हुने थिएन।”

 

वार्षिकोत्सवको अवसरमा आश्रम परिवारले विगत नौ वर्षदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएका सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा वीरगञ्जवासीप्रति आभार व्यक्त गरेको छ।

 

“मानवता नै सबैभन्दा ठूलो धर्म हो,” भन्ने सन्देशसहित आश्रमले आगामी दिनमा पनि मानव सेवाको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.