logo

पत्रकार महासंघको प्रदेश कार्यालय भवन बन्ने , मधेशका गृह तथा संचार मन्त्री महतोले गरे शिलान्यास

 इसीमाना सम्बाददाता     २०८३ जेठ १५ गते ०७: ११ मा प्रकाशित     198   पटक पढिएको

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको स्वामित्वमा रहेको जग्गामा एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरिएको हो ।

711847770_26717768404561862_939633007717551373_n-1780042944.jpg

भवन निर्माणको शिलान्यास मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले पूजा अर्चना गर्दै गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकार महासंघको भवन निर्माण कार्य सम्पन्न गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले मधेश प्रदेश सरकारले यसअघि नै भवन निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै आगामी बजेटमा समेत आवश्यक रकम छुट्याइने स्पष्ट पारे ।

May be an image of one or more people and text that says 'नेपाल चत्रपगर મघोश प्रदेश समितिको महासंध मिलन्यास शिलान्यारारोह भारोह 丹 मतों आपनकाच'

सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको संस्थागत विकासका लागि सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।

 

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले भवन निर्माणका लागि गुठी संस्थानबाट ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको हो । जनकपुरधाम–४ स्थित तैनाथी गुठीको उक्त जग्गामा अब महासंघको आफ्नै भवन निर्माण गर्ने भएको हो ।

 

कार्यक्रममा मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियान सुरु भएको बताए

709658787_10233547937628833_1739879066562954846_n-1780043877.jpg
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति  संयोजक के.सी. लामिछाने,प्रेस स्वतन्त्रता सेनानी सेनाी राम भरत साह, सन्त ब्यथित ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण,आम संचार प्राधिकरणका जितेन्द्र  खरगा ,मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायतखमहासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 

प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको अध्यक्ष बन्जाराले जानकारी दिए ।  कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए । 

709882525_26717768391228530_8711860219532010017_n-1780042980.jpg

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले आफ्नै भवन निर्माण सुरु हुनु महासंघका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.